मोहना नदीमा बाढीको सतह बढ्दो, किनारका बासिन्दालाई सतर्क रहन आग्रह

काठमाण्डु टुडे २०८२ असार १६ गते १२:१९ मा प्रकाशित

काठमाण्डू, १६ असार– कैलालीको मोहना नदीको बाढी बढ्दो क्रममा रहेकाले नदी किनार क्षेत्रका बासिन्दालाई आज बेलुकासम्मै सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

जोखिम क्षेत्रका बासिन्दालाई विभागले एसएमएस पठाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । मोहना नदीको जलमापन केन्द्रमा अहिले बाढीको सतह सतर्कता तह नाघेको छ ।

बाढी बढ्दो क्रममा रहेकाले सतर्क रहन आग्रह गरीएको छ । आज बिहान साढे ७ बजेसम्म मोहना नदीको जल मापन केन्द्रमा बाढीको सतह ३.०६ मिटर पुगेको छ । ३ मिटरसम्म पुगेमा सतर्कताको तह र ३.६० मिटर पुगेमा खतराको तहमा पुगेको मानिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us