समाचार

धितोपत्र बोर्डको अध्यक्षमा भट्ट नियुक्त

२०८३ असार ६ गते ११:३४

 काठमाण्डू, ६ असार– नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले भट्टलाई अध्यक्षमा नियुक्त गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका छन । बालेन शाहको नेतृत्वमा सरकार बनेपछि यसअघिका सन्तोष नारायण श्रेष्ठले बोर्डको अध्यक्षबाट...

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

२०८३ असार ६ गते ११:२०

काठमाण्डू, ६ असार– महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन । बा।२ ख ६४३८ नम्बरको बस आज बिहान ९ बजे उदयपुरगढी गाउँपालिका–७ अँधेरी क्षेत्रमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय...

रास्वपा महाधिवेशन बन्दसत्रको हल भाडा १३ लाख ५० हजार

२०८३ असार ६ गते ८:२८

काठमाण्डू, ६ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भोली (७ असार)बाट सुरु हुने प्रथम महाधिवेशनको बन्दसत्रका लागि प्रयोग हुने चितवन उद्योग संघको प्रर्दशनी केन्द्रको हल भाडा १३ लाख ५० हजार भाडा लाग्ने भएको छ । सुरुमा राजनीतिक कुनै पनि कार्यक्रम गर्न...

रास्वपा महाधिवेशनमा ओलीले प्रदीप ज्ञवालीलाई पठाउने

२०८३ असार ६ गते ८:०९

काठमाण्डू, ६ असार– भोली (७ असार) देखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा शुभकामना दिन नेकपा एमालेले पूर्वउपमहासचिव प्रदीप ज्ञवालीलाई पठाउने भएको छ । ओलीलाई उपत्यका बाहिर जानका निम्ति स्वास्थ्यले साथ नदिएको र अन्य पदाधिकारी पार्टी जागरण अभियानअन्तर्गत सुदूरपश्चिम पुगेका कारण...

आज भरतपुरमा रास्वपा केन्द्रीय समिति बैठक बस्दै

२०८३ असार ६ गते ८:०२

काठमाण्डू, ६ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज (शनिबार) चितवनको भरतपुरमा बस्दै छ । महाधिवेशनको तयारीसँगै रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको हो । रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठक भरतपुरको होटल एिमटीमा बस्न लागेको हो । दिउँसो १...

रास्वपामा सहमतिको प्रयास भइरहेको छ, नभए लोकतान्त्रिक पद्धतिः भूपदेव शाह

२०८३ असार ६ गते ७:५६

काठमाण्डू, ६ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको जानकारी गराएका छन । महाधिवेशन उद्घाटनस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै रास्वपा महामन्त्री शाहले यस्तो बताएका हुन । महामन्त्री शाहले सबै एकै ठाउँमा उभिएका कारण दुई तिहाइ...

म अझै ९० मिनेट खेल्न तयार छैनः यामल

२०८३ असार ६ गते ७:५४

काठमाण्डू, ६ असार– स्पेनका युवा स्टार लामिन यामलले आफू अझै पूरा ९० मिनेट खेल्न तयार नभएको बताएका छन । ह्यामस्ट्रिङ चोटबाट पुनरागमनको क्रममा रहेका उनले साउदी अरेबियाविरुद्धको विश्वकप खेलअघि यामलले यस्तो बताएका हुन । १८ वर्षीय यामलले शुक्रबार स्पेनी सरकारी प्रसारक आरटीभीईसँग कुरा गर्दै...

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

२०८३ असार ६ गते ६:५९

काठमाडौँ — यस वर्षको मनसुन शुक्रबार कोशी प्रदेशबाट नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सामान्यतः जुन १३ (जेठ ३०) मा मनसुन भित्रिने गरे पनि यसपालि ६ दिन ढिलो भएको हो । विभागले प्रशान्त महासागरमा विकसित एल निनो प्रणालीका कारण...

रातारात ललितपुर प्रहरी कार्यालय पुगेका गृहमन्त्रीले सोधेः यहाँको हाकिम खोइ ?

२०८३ असार ६ गते १:०४

काठमाण्डू, ६ असार– गृहमन्त्री सुधन गुरुङ कुनै पूर्वसूचना नदिई बिहीबार राति ९ बजेपछि जिल्ला प्रहरी परिसर ललितपुर पुगेका छन । त्यसबेला जावलाखेलको सडकमा रातो मच्छिन्द्रनाथको जात्रा चलिरहेको थियो भने जिल्लाका जिम्मेवार प्रहरी अधिकृतहरू जात्रा सुरक्षामा खटिएका थिए । अचानक कार्यालयमा गृहमन्त्री पुगेको खबर पाएपछि...

रास्वपाको पहिलो महाधिवेशनमा रवि लामिछानेकै नेतृत्व अपरिहार्य छः रञ्जु न्यौपाने

२०८३ असार ६ गते ०:४९

काठमाण्डू, ६ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछानेकै नेतृत्व आवश्यक रहेको तर्क गरेकी छन । शुक्रबार सङ्घीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीको सङ्गठन सुदृढीकरणका लागि यो पहिलो महाधिवेशन...

रास्वपामा सहमतिको प्रयास भइरहेको छ, नभए लोकतान्त्रिक पद्धतिः भूपदेव शाह

२०८३ असार ६ गते ०:४२

काठमाण्डू, ६ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको जानकारी गराएका छन । महाधिवेशन उद्घाटनस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै रास्वपा महामन्त्री शाहले यस्तो बताएका हुन । महामन्त्री शाहले सबै एकै ठाउँमा उभिएका कारण दुई तिहाइ...

चितवनमा रास्वपा महाधिवेशन तयारी

२०८३ असार ६ गते ०:३६

काठमाण्डू, ६ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि उद्घाटन स्थल निर्माण तीव्र पारिएको छ । चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा संरचना निर्माण धमाधम भइरहेको छ । उद्घाटन सत्रका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us