समाचार

सभामुखद्वारा रास्वपाका कार्यवाहक सभापति र राप्रपा अध्यक्षसँग छुट्टाछुट्टै छलफल

२०८२ असार १ गते १२:२८

काठमाण्डू, १ असार– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोधबारे आज बिहान रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुटाछुटै छलफल गरेका छन । रास्वपा कार्यवाहक अध्यक्ष अर्यालसँग बानेश्वरस्थित कार्यकक्षमा छलफल गर्दै सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको...

हेवाखोलाको बेलिब्रिज भाँचिदा ३ मजदुरको मृत्यु

२०८२ असार १ गते ८:५४

काठमाण्डू, १ असार– पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा ३ जना मजदुरको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत भारतको प्राविधिक सहयोगमा पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने निर्माणाधीन हेवाखोलाको बेलिब्रिज जडानका क्रममा शनिबार बेलुका भाँचिएको थियो । सो घटनामा ६ जना मजदुर गम्भीर घाइते...

धनकुटा र खोटाङमा भारी वर्षा

२०८२ असार १ गते ८:४५

काठमाण्डू, १ असार– धनकुटा र खोटाङमा आइतबार बिहान भारी वर्षा मापन भएको छ । पछिल्लो २४ घन्टामा धनकुटाको मछुवाघाटमा १४०.२ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार धनकुटाकै त्रिवेणीमा १०२.४ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै...

मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

२०८२ असार १ गते ८:३८

विराटनगर, १ असार– मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइका दुर्घटनामा परी प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । बेलबारी नगरपालिका–४ भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन विक्रम दाहालले जानकारी दिए ।...

बनाउँदा बनाउँदै भाँचियो पुल, तीन मजदुरको मृत्यु

२०८२ असार १ गते ८:३५

काठमाण्डू, १ असार– ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा निर्माणधीन बेलिब्रिज भाचिँदा तीन मजदुरको मृत्यु भएको छ । संखुवासभा प्रहरी प्रमुख कौशल बुढाथोकीले शनिबार निर्माणाधीन पुल भाचिँदा त्यहाँ कार्यरत तीन मजदुरले ज्यान गुमाएको बताए । उनका अनुसार ६ मजदुर घाइते भएका थिए । ती...

काठमाण्डूसहित पाँच प्रदेशमा बिहानैदेखि भारी वर्षा

२०८२ असार १ गते ८:११

काठमाण्डू, १ असार– हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू(भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले...

प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु

२०८२ जेठ ३१ गते २२:२३

काठमाण्डू, ३१ जेठ– संघीय संसद्सुको सुनुवाई समितिले सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीश र एकजना न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ । समितिको शनिबारको बैठकले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत...

प्रधानमन्त्री र मन्त्रीहरु देशका नभई निर्वाचन क्षेत्रका मात्र भएः उपेन्द्र

२०८२ जेठ ३१ गते २२:००

काठमाण्डू, ३१ जेठ– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको प्रधानमन्त्री आफ्नो निर्वाचन क्षेत्रको मात्रै प्रधानमन्त्री बन्ने गरेको बताएका छन् । शनिबार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक कार्यक्रममा उनले प्रधानमन्त्री र मन्त्रीहरु पूरा देशको...

माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु

२०८२ जेठ ३१ गते २१:५६

विराटनगर, ३१ जेठ– मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर शनिबार श्रीमान्‌श्रीमतीको मृत्यु भएको छ । स्थानीय ५८ वर्षीय पूर्णबहादुर लिम्बू तथा उनको श्रीमती ५२ वर्षीया फूलमाया लिम्बूको खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...

नाफा भन्दा पनि आम मानिसलाई फाइदा पुग्ने, सरकारको प्राथमिकतामा परेको र व्यवसायको रूपमा अघि बढ्न सक्ने मूल सिद्धान्तमा टेकेर अघि बढिरहने आइएमईका संस्थापकहरुको प्रतिबद्धता

२०८२ जेठ ३१ गते १७:००

काठमाण्डू, ३१ जेठ– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गरेका छन । शुक्रवार ललितपुरमा आयोजित आइएमईको २५ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर पौडेलले यस्तो बताएका हुन । उनले प्रविधि...

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

२०८२ जेठ ३१ गते १६:४१

काठमाण्डू, ३१ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी देश भारतको औपचारीक भ्रमणमा जाने भएका छन । प्रधानमन्त्री ओलीको भारत भ्रमण पछिल्लो भेटघाटले निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । भारत भ्रमणमा जाने मिति तय भइनसके पनि तयारी भने...

विवेक पुर्‍याएरै सत्तारुढ दलसँग समझदारी गरेका हौंः प्रचण्ड

२०८२ जेठ ३१ गते १६:१८

काठमाण्डू, ३१ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा विवेक पुर्‍याएर सत्तारुढ दलहरूसँग आफ्नो पार्टीले सहमति गरेको बताएका छन । आज (शनिबार) झापाको दमका पार्टीका विभिन्न पाँच वटा मोर्चाको संयुक्त सम्मेलनको उद्घाटन सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us