काठमाण्डू, ३१ जेठ– संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले इरान र इसराइललाई ‘तनाव नबढाउन र शान्तिको बाटो रोज्न’ आग्रह गरेका छन । महासचिव गुटेरेसले सामाजिक सञ्जाल एक्समा एक सन्देश सार्वजनिक गर्दै दुई देशले शान्ति र कुटनीतिक मार्ग अवलम्बन गर्न आग्रह गरेका हुन । महासचिव गुटेरेसले...
काठमाण्डू, ३१ जेठ– प्रहरीले ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्चनपुरको भीमदत्त नगरपालिका–४ का २३ वर्षीय खगेन्द्र बिष्ट रहेका छन । उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मध्यबानेश्वरबाट पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।...
काठमाण्डू, ३१ जेठ– मोरङमा माछा मार्ने क्रममा करेन्ट लगाएर मोरङमा दम्पतीको मृत्यु भएको छ । सुन्दरहरैंचा नगरपालिका–७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङले जानकारी दिएको छ । मोरङ प्रहरीका अनुसार घर नजिकै...
काठमाण्डू, ३१ जेठ– क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यलाई आईसीयूबाट वार्डमा सारिएको अस्पताल प्रशासनले जनाएको छ । अहिले स्वास्थमा केही सुधार भएकाले चिकित्सकको सल्लाह अनुसार वार्डमा सारिएको पारिवारिक स्रोतले जानकारी दिएको छ...
काठमाण्डू, ३१ जेठ– भोजपुरमा पत्नीले कुटपिट गरेर पतिको हत्या गरेकी छन । घरायसी विवाद हुँदा पत्नीको कुटपिटबाट पति गम्भीर घाइते भएका थिए । भोजपुर नगरपालिका–३ गुप्तेश्वरका ३० वर्षीय प्रकाश राईको पत्नीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बिहीबार बेलुका घरायसी विवादका क्रममा...
काठमाण्डू, ३१ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग गरेको सम्झौता पार्टी हितमा भए÷नभएको बारेमा पार्टीमा समीक्षा हुनुपर्ने बताएका छन । आज (शनिबार) माओवादी केन्द्र दोलखा—काठमाण्डू सम्पर्क समन्वय समितिको...
काठमाण्डू, ३१ जेठ– कांग्रेस सांसद चन्द्र भण्डारीले नेपालको शिक्षा क्षेत्रमा देखिएका समस्याहरूमा विगतको नेतृत्व दोषी रहेको बताएका छन । आज शनिबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै कांग्रेस सांसद भण्डारीले यस्तो बताएका हुन । सांसद भण्डारीले समयमै ऐन कानुन निर्माण हुन नसक्दा...
काठमाण्डू, ३१ जेठ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यार्थीलाई डिप्लोमा उत्तीर्ण नभई एनओसी दिने नहुने बताएका छन । आज (शनिबार) सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्तले यस्तो बताएका हुन । उनले कक्षा १२ पास गर्ने...
काठमाण्डू, ३१ जेठ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गतेसम्म विद्यालय शिक्षा सम्बन्धी ऐनलाई प्रतिनिधि सभाबाट पारित गर्नेगरी सरकार अघि बढिरहेको पनि बताएका छन । सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शिक्षा मन्त्री पन्तले यस्तो बताएका...
काठमाण्डू, ३१ जेठ– कञ्चनपुरमा एक बालक मृत अवस्थामा भेटिएका छन । शुक्रवार साँझ भीमदत्त नगरपालिका–३ बिजपुरीस्थित संहारी टोलका १३ वर्षका सुदर्शन डगौरा घरको आँगनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । कच्ची भुइँतले र टिनको छाना भएको घरको आँगनमा...
काठमाण्डू, ३१ जेठ– स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं काँग्रेस नेता प्रदीप पौडेलले राजनीतिक दलहरूले सकारात्मक सन्देश दिन सके मात्रै लोकप्रिय बनिने बताएका छन । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाण्डूको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन...
काठमाण्डू, ३१ जेठ– पूर्व शिक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक बनाउने विषयमा बाह्य प्रेसर सह्य नहुने प्रतिक्रिया दिएकी छन । शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफलमा आफ्नो धारणा राख्दै श्रेष्ठले ऐन बनाउने विषयमा बाह्य प्रेसर तथा...