विराटनगर, २२ वैशाख – । प्रदेश १ को स्थायी राजधानी विराटनगर नै कायम हुने भएको छ । नेकपा संसदीय दलको बैठकले प्रदेश राजधानी विराटनगरमा राख्ने निर्णय गरेको हो । संसदीय दलको निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले भने ‘राजधानी विराटनगर रहने कार्यपालिका,...
काठमाण्डु, २२ बैशाख – राजधानीको मुटुमा रहेको सङ्घीय संसद् भवनमा सरकारको नीति तथा कार्यक्रम आउँदै गर्दा कर्णालीमा बाटाबाटै नून बेचिन्छ, चामल बेचिन्छ । अरू धेरै चीज बेचिन्छ । यो प्रतिनिधिसभाको आजको बैठकमा जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद गजेन्द्र महतको भनाइ हो । सरकारले आगामी आर्थिक...
दाङ, २२ बैशाख – फोहोरलाई मोहोरमा बदल्ने घोराही उपमहानगरपालिकाको प्रयास लामो समयपछि सफल हुने भएको छ । ल्याण्डफिल साइटमा गल्ने फोहोरबाट प्रागांरिक मल बनाएर बिक्री गर्ने योजना सफल हुन नसकेपछि अहिले उपमहानगरले फोहोरबाट ग्याँस निकाल्ने कार्यलाई अगाडि बढाएको हो । यसका लागि एक वर्ष्भित्र...
काठमाण्डु, २२ वैशाख – नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले समाजवादलाई गन्तव्य मानेर संघीय समाजवादी फोरम, नेपालसँग पार्टी एकता गर्न लागिएको स्पष्ट पारेका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा संयोजक भट्टराईले भोलि (सोमबार) दुई पार्टीबीच हुने एकता समाजवादलाई गन्तव्य मानेर अघि बढ्ने...
काठमाण्डु, २२ वैशाख –नेपाली कांग्रेसले प्रतिनिधि र राष्ट्रियसभामा रहेका पार्टीका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले केन्द्रदेखि प्रदेशसम्मका सांसदलाई संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।...
काठमाण्डु, २२ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटन् सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् । जल तथा मौसम विज्ञान विभागले आँधी, हुरी र वर्षाजस्ता प्राकृतिक प्रकोप आइपर्ने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री ओलीले त्यसको व्यवस्थापन हुने गरी पूर्व तयारी गर्न...
काठमाण्डु, २२ वैशाख – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले भ्रष्टाचार सहन्नँ, गर्दिनँ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दृढतालाई वासुकी नागको फोटो टाँसेर सर्पबाट सुरक्षित महसुस गर्नुजस्तो भएको टिप्पणी गरेका छन् । कार्ल मार्क्सको २०१ औं जन्मजयन्तीका सन्दर्भमा काठमाण्डुमा आज...
काठमाण्डु, २२ वैशाख – संघीय समाजवादी फोरम पार्टी नेपालले तत्कालै सरकार नछाड्ने भएको छ । नयाँ शक्ति पार्टी, नेपालसँग भोली(सोमबार) पार्टी एकता घोषणा हुँदैछ । तर, फोरम अध्यक्ष उपेन्द्र यादवले तत्काल सरकारबाट बाहिरिने मनस्थिति बनाएका छैनन् । सरकारले आफूहरुसँगको दुई बुँदे माग पूरा नगरेकाले...
कास्की, २२ बैशाख – पोखरामा १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–६ घर भएका २१ वर्षीय रामबहादुर रम्तेल र पोखरा महानगरपालिका बस्ने २५ वर्षीय लक्ष्मण चौधरी रहेका छन् । उनीहरुले पोखरा महानगरपालिका–११ रानिपौवा...
काठमाण्डु, २२ वैशाख – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले विद्यार्थीहरुलाई सहुलियत दरका खाना पकाउने ग्याँस उपलब्ध गराउने सहमति कार्यान्वयन गर्न सरकारलाई एक हप्ते अल्टिमेटम दिएका छन् । अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले आईतबार विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने...
काठमाण्डु, २२ बैशाख – वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानको समस्या, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, स्थानीयवासीको अवरोधका कारण विगत दश वर्षदेखि निर्माणमा रहेको काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड निर्माण सम्पन्न भएको छ । बहुप्रतिक्षित १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो खण्डको निर्माण...
फेटा, २२ वैशाख – सरकारले गत चैत १७ गते हावाहुरीसहितको असिनापानी र चक्रपातबाट क्षति भएका बारा र पर्साका विभिन्न स्थानमा एकैसाथ पुनःनिर्माणको काम शुरु गरेको छ । जनता आवास (बारा–पर्सा) निर्माण आयोजनामार्फत शुरु गरिएको उक्त पुनःनिर्माण कार्यक्रमको आज १२ स्थानमा एकैसात शिलान्यास गरिएको हो...