फोहोरबाट ग्याँस निकाल्दै घोराही उपमहानगरपालिका

काठमाण्डु टुडे २०७६ वैशाख २२ गते १७:०७ मा प्रकाशित

दाङ, २२ बैशाख – फोहोरलाई मोहोरमा बदल्ने घोराही उपमहानगरपालिकाको प्रयास लामो समयपछि सफल हुने भएको छ ।

ल्याण्डफिल साइटमा गल्ने फोहोरबाट प्रागांरिक मल बनाएर बिक्री गर्ने योजना सफल हुन नसकेपछि अहिले उपमहानगरले फोहोरबाट ग्याँस निकाल्ने कार्यलाई अगाडि बढाएको हो ।

यसका लागि एक वर्ष्भित्र ग्याँस उत्पादन गर्नेगरी निजी कम्पनीसँग सम्झौता भईसकेको घोराही उपमहानरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए । उपमहानगरले ल्याण्डफिल साइडमा रहेको एक बिघा १५ कठ्ठा जग्गा उपलब्ध गराएको छ भने कन्ट्रयाक्टरको ६० प्रतिशत र ऊर्जा प्रर्बद्धन केन्द्रको ४० प्रतिशत लगानीमा ग्याँस प्लाण्ट निर्माण गर्न लागेको हो ।

ग्याँस उत्पादन सुरु भएपछि आम्दानीको एक प्रतिशत कर उपमहानगरले प्राप्त गर्ने गरी सम्झौता भएको उपमहानगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो । घोराही बजारलाई सफा राख्न रकम खर्च गर्नुपर्ने अवस्थाको अन्त्य भई त्यही फोहोर आम्दानीको स्रोत बन्ने उपमहानगरको वातावरण महाशाखाले विश्वास लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us