संखुवासभा, २३ बैशाख – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का संखुवासभा इञ्चार्ज देव गुरुङसहित चार जना कार्यकर्ताहरु पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत संखुवासभाले जिल्ला इञ्चार्ज गुरुङसहित सुनिता राई, सुजन विश्वकर्मा, सञ्जय तामाङ र बुद्धिमान तामाङलाई कारागार चलान गरेको...
काठमाण्डु, २३ वैशाख – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने क्रममा सरकारले चालीसवटा बुँदामा झुटा कुरा प्रस्तुत गरेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि भएको छलफलमा भाग लिँदै कांग्रेस नेतासमेत रहेका थापाले सरकारले...
काठमाण्डु, २३ वैशाख – नवगठित समाजवादी पार्टी, नेपालका नेता तथा प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले सातै प्रदेशमा आफ्नो पार्टीले सरकार बनाउने दाबी गरेका छन् । आज काठमाण्डुमा आयोजित पार्टी घोषणा कार्यक्रममा राउतले समाजवादी पार्टीलाई देशको एक नम्बरको पार्टी बनाउने उद्घोष गरे । ‘हिमाल,...
काठमाण्डु, २३ वैशाख – नवगठीत समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले नेपालका कम्युनिष्टहरू राजतन्त्रको गर्भबाट आएको बताएका छन् । सोमबार पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै नेता श्रेष्ठले कम्युनिष्टहरू राजतन्त्रको गर्भबाट आएकोले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले मेरो सरकार भनेको तर्क गरे ।...
काठमाण्डु, २३ वैशाख – पूर्वसभामुख एवं नेपाली कांग्रेस नेता दमननाथ ढुंगानाले नवगठित समाजवादी पार्टी नेपालले नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीचको एकताले राजनीतिमा आशाको नयाँ सञ्चार गराएको बताएका छन् । राजनीति गर्नेहरूको छवि राम्रो नभएको अवस्थामा समाजवादी पार्टीका नेताहरू फरक रहने उनले विश्वास गरे...
भक्तपुर, २३ बैशाख – सडक बालबालिका र महिलाको उद्धारमा सक्रिय मानवकल्याण समाज भक्तपुरले एक वर्षमा एक सय जनाभन्दा बढीको उद्धार गरेको छ । संस्था स्थापनाको प्रथम वार्षिक कार्यक्रम अन्तर्गत समाजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा समाजका अध्यक्ष सुमित्रा चौलागाईंले भक्तपुरलाई सडक मानवमुक्त बनाउने उद्देश्यले संस्था...
काठमाण्डु, २३ वैशाख – नेपाली कांग्रेसले जागरण अभियानअन्तर्गत आसन र भाषणमा महिलाको सहभागिता प्रायः शून्य रहनेगरी गरेको यसअघिको परिपत्र सच्याएको छ । पार्टी सभापति शेरबहादुर देउवाले जारी गरेको पछिल्लो परिपत्रमा जागरण अभियान अन्तर्गतका हरेक कार्यक्रममा महिलावक्ता अनिवार्य गर्न निर्देशन दिइएको छ । कांग्रेस महासमिति...
बेझाड, २३ बैशाख – पाल्पा निस्दी गाउँपालिका–२ सहलकोट लिन्दीका ४१ वर्षीय हुमबहादुर दर्लामी चौध दिनदेखि सम्पर्कविहीन भएका छन् । गत वैशाख १० गते बिहान ७ बजे नवलपुरको कावासोती बजार जान्छु भनी घरबाट निस्केका दर्लामी अहिलेसम्म परिवार र आफन्तको सम्पर्कमा आएका छैनन् । सोही दिन...
काठमाण्डु, २३ वैशाख –संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ती पार्टी एकीकृत भएका छन् । दुई पार्टीले आफ्नो आफ्नो पार्टी विघटन भएको घोषणा गर्दै ‘समाजवादी पार्टी नेपाल’ निर्माण भएको घोषणा गरेका हुन् । राजधानीको प्रज्ञा भवनमा कार्यक्रम आयोजना गरेर दुवै पार्टीले एकताको जानकारी दिएका...
नवलपरासी, २३ बैशाख – पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा पछिल्लो पटक विद्यार्थीको आकर्षण बढ्दै गएको पाइएको छ । स्थानीय तहले शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम अघि बढाएपछि सामुदायिक विद्यालयप्रति विद्यार्थीको मोह एकाएक बढेको हो । जिल्लाको शैक्षिक अवस्था पछि परेको मानिएको...
काठमाण्डु, २३ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी एक जना सांसदले संविधान संशोधन गरेर राष्ट्रपतिलाई ‘बडामहारानी’ भनेर संशोधन गर्न चुनौती दिएकी छन् । सरकारको नीति तथा कार्यक्रममाथि आइतबार संसद्मा भएको छलफलका क्रममा कांग्रेस सांसद् लक्ष्मी परियारले राष्ट्रपतिलाई बडामहारानी भनेर संबोधन गर्छौं भनी संविधान...
वालिङ, २३ बैशाख – बाँदर आतङ्कले यहाँको एक गाउँका बासिन्दा विस्थापित हुँदै गएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका– १० डुबिण्डाँडाका बासिन्दा घर छोडेर अन्यत्रै बसाइँसराइ जाने क्रम बढ्दै गएको हो । बाँदरको आतङ्कका कारण डुबिण्डाँडाजस्तै यो वडाका अन्य गाउँका बासिन्दा पनि घरबार छोडेर बसाइसराइ...