
काठमाण्डु, २३ वैशाख – नवगठीत समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले नेपालका कम्युनिष्टहरू राजतन्त्रको गर्भबाट आएको बताएका छन् ।
सोमबार पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै नेता श्रेष्ठले कम्युनिष्टहरू राजतन्त्रको गर्भबाट आएकोले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले मेरो सरकार भनेको तर्क गरे ।
‘कतिपयले बेलायततिर नि मेरो सरकार भन्छन् भने तर त्यस्तो होइन यो त राजाको जस्तो भयो । राजतन्त्रकै गर्भबाट आएका कम्युनिष्टले मेरो सरकार भने,’ श्रेष्ठले भने ।
यसअघि गत शुक्रबार संसद सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पेस गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकारको सम्बोधन गरेकी थिइन् ।
नेता श्रेष्ठले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई थारो गाईजस्तो भएको बताए ।
‘राजतन्त्रको गर्भबाट आएका कम्युनिष्ट र थारो गाई भएको कांग्रेसलाई घोक्रेठ्याँक लगाएर सिंहदरबारबाट निकाल्छौं र हाम्रो पाटीको झन्डा फहराउँछौं,’ उनले भने ।