दर्लामी चौध दिनदेखि वेपत्ता

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते १३:५० मा प्रकाशित

बेझाड, २३ बैशाख – पाल्पा निस्दी गाउँपालिका–२ सहलकोट लिन्दीका ४१ वर्षीय हुमबहादुर दर्लामी चौध दिनदेखि सम्पर्कविहीन भएका छन् ।

गत वैशाख १० गते बिहान ७ बजे नवलपुरको कावासोती बजार जान्छु भनी घरबाट निस्केका दर्लामी अहिलेसम्म परिवार र आफन्तको सम्पर्कमा आएका छैनन् । सोही दिन बिहान करीब साढे दश बजे कावासोती बजारमा गाउँका फत्तबहादुर दर्लामीसँग रु एक हजार सापटी मागेर बैंकमा पैसा झिक्न जान्छु भनी छुिट्टएको आफन्त गणेश दर्लामीले बताए ।

हालसम्म परिवार, आफन्त, साथीभाइ कसैको पनि सम्पर्कमा नआएपछि हुमबहादुर दर्लामीका परिवारमा चिन्ता बढेको छ । उनको खोजी गरिदिन परिवारले आग्रह गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us