
काठमाण्डु, २३ वैशाख –संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ती पार्टी एकीकृत भएका छन् । दुई पार्टीले आफ्नो आफ्नो पार्टी विघटन भएको घोषणा गर्दै ‘समाजवादी पार्टी नेपाल’ निर्माण भएको घोषणा गरेका हुन् ।
राजधानीको प्रज्ञा भवनमा कार्यक्रम आयोजना गरेर दुवै पार्टीले एकताको जानकारी दिएका हुन् ।
एकीकृत पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको वकालत गर्ने भएको छ । त्यस्तै नेपालको शासकीय स्वरुपको पुर्नसंरचनाको माग अगाडि सार्ने भएको छ । समाजवादी फार्टीले दश प्लस एक को अवधारणामा अगाडि बढ्ने जनाएका हुन् ।