होटलमा लगेर बालिका बलात्कार गर्ने दुई जना पक्राउ

काठमाण्डु टुडे २०७६ वैशाख २२ गते १६:१४ मा प्रकाशित

कास्की, २२ बैशाख – पोखरामा १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–६ घर भएका २१ वर्षीय रामबहादुर रम्तेल र पोखरा महानगरपालिका बस्ने २५ वर्षीय लक्ष्मण चौधरी रहेका छन् ।

उनीहरुले पोखरा महानगरपालिका–११ रानिपौवा बस्ने धादिङ मलेखु घर भएकी १२ वर्षीया बालिकालाई महेन्द्रपुलस्थित एक होटलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले दुवैलाई पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us