काठमाण्डू, २३ फागुन– तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपाध्यक्ष डा. स्वर्णिम वाग्ले प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । वाग्ले ३८ हजार ४० मतसहित निर्वाचित भएका हुन् । वाग्लेका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २ सय ३१ मत प्राप्त गरेका छन् ।...
काठमाण्डू, २३ फागुन– चितवन–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतम विजयी भएकी छन् । गौतम ५९ हजार २ सय ७७ मतसहित विजयी भएकी हुन् । निकतम प्रतिप्रस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहालले २० हजार ६ सय १५ मत पाएन् ।...
hari dhakal काठमाण्डू, २३ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरि ढकालले अब बन्ने सरकारमा मन्त्री दाबी गरेका छन् । चितवन–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसपटक आफूले मन्त्री दाबी गर्ने बताए । अघिल्लो कार्यकालमा आफूले मन्त्री नमागेको तर,...
भक्तपुर, २३ फागुन- भक्तपुर क्षेत्र नम्बर- १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुकेश रन्जित विजयी भएका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवाललाई पराजित गर्दै रञ्जित विजयी भएका हुन् । रन्जित ३३ हजार ४ सय ३६ मतसहित विजयी हुँदा निकटतम...
काठमाण्डू, २३ फागुन- राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी परित्याग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिने भन्दै पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । पार्टीबाट राजीनामा दिए पनि राजतन्त्र पुनर्स्थापना हुनुपर्ने अडान भने लिइरहने उनले बताए...
काठमाण्डू, २३ फागुन- नुवाकोट २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अच्युमत लामिछाने निर्वाचित भएका छन् । ३२ हजार ५४ मतसहित लामिछाने विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका जगदीश्वरनरसिंह केसीले १५ हजार ५ सय ५ मत ल्याए । एमालेका केशवराज पाण्डे तेश्रो र...
काठमाण्डू, २३ फागुन– काठमाण्डू जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित हुन सफल भएका छन । ९ वटा क्षेत्रको नतिजा आइसकेको छ भने काठमाण्डू २ मा रास्वपा उम्मेदवार सुनिल केसी निर्वाचित हुने पक्का छ । काठमाण्डू १ मा रञ्जु न्यौपाने (दर्शना)...
काठमाण्डू, २३ फागुन- सुनसरी- १ मा श्रम संस्कृति पार्टीका हर्कराज राई साम्पाङले पुनः अग्रता लिएका छन् । राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पछि पारेका हुन् । राईले ५ हजार ८ सय ९१ मत प्राप्त गर्दा तामाङले ४ हजार ८ सय ९ मत ल्याएकी...
म्याग्दी, २३ फागुन- म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । पुन २२ हजार ८ सय ५० मतसहित विजयी भएका हुन् । पुनका निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९ सय १९ मत प्राप्त गरेका छन् । तेश्रो र...
भक्तपुर, २३ फागुन- एमाले सचिव महेश बस्नेतले चुनाव हार्ने निश्चित भएसँगै जनताको निर्णय मान्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतले जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार्ने बताएका हुन् । उनले निर्वाचन परिणाम आफूहरुको अनुकुल नआएको पनि स्वीकार गरे । ‘यसपटकको परिणाम हाम्रो अनुकूल हुन सकेन,...
विराटनगर, २३ फागुन- मोरङ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रूविना आचार्य विजयी भएकी छन् । ५५ हजार ५ सय १३ मतसहित रुबिना विजयी भएकी हुन् । उनका निकटतम प्रतिद कां्वन्द्वी काँग्रेस नेता डा. शेखर कोइरालाले १२ हजार ८ सय ५० मत प्राप्त...
बाँके, २३ फागुन- बाँके- ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खगेन्द्र सुनार विजयी भएका छन् । २९ हजार ५ सय ५१ मतसहित सुनार विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका सुमन मल्लले १९ हजार ६ सय १५ मत प्राप्त गरेका छन् । सुनार...