म्याग्दी, २३ फागुन- म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
पुन २२ हजार ८ सय ५० मतसहित विजयी भएका हुन् । पुनका निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९ सय १९ मत प्राप्त गरेका छन् ।
तेश्रो र चौथो भएका काँग्रेसका कर्णबहादुर भण्डारी र नेकपामा अर्जुन थापाले क्रमशः ६ हजार ८ सय ८४ र ३ हजार ५ सय २९ मत प्राप्त गरे ।