सर्वोच्चले दीपक भट्टलाई थुनामा राख्ने आधार माग गर्यो

काठमाण्डु टुडे २०८३ साउन ११ गते १६:५३ मा प्रकाशित

काठमाण्डू, ११ साउन– व्यवसायी दीपक भट्टले थुनामुक्त हुनका लागि सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि कैफियत प्रतिवेदन माग गरेको छ ।

अदालती बन्दोबस्तीको दफा ७३ बमोजिम भट्टले सर्वोच्चमा रिट दायर गरेका थिए । सोमबार न्यायाधीश विनोद शर्माको इजलासले उनलाई थुनामा राख्न आदेश दिने विषेश अदालतसँग कैफियत प्रतिवेदन मागिएको हो ।

सर्वोच्चले विशेष अदालतलाई गरेको आदेशमा असार ३ गते पुर्पक्षका लागि थुनामा राख्ने अदेश दिइँदा लिइएका आधारको व्यहोरा खुलाएर सम्बन्धित मुद्दाको सक्कल पेश गर्न भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us