hari dhakal काठमाण्डू, २३ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरि ढकालले अब बन्ने सरकारमा मन्त्री दाबी गरेका छन् ।
चितवन–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसपटक आफूले मन्त्री दाबी गर्ने बताए । अघिल्लो कार्यकालमा आफूले मन्त्री नमागेको तर, यसपटक मन्त्रीमा दाबी गर्ने उनले स्पष्ट गरे ।
‘अब मन्त्रिपरिषदमा जानु हुन्छ होला नि ?’, भन्ने प्रश्नमा ढकालले भने, ‘जाने नि हजुर किन नजाने ? मैले अघिल्लोपटक दाबी गरिन । योपटक सायद पूर्वी चितवनले मन्त्रीमा दाबी गर्छ होला ।’