नुवाकोट-२ मा रास्वपाका लामिछाने निर्वाचित

काठमाण्डु टुडे २०८२ फागुन २३ गते १२:५६ मा प्रकाशित

काठमाण्डू, २३ फागुन- नुवाकोट २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अच्युमत लामिछाने निर्वाचित भएका छन् ।

३२ हजार ५४ मतसहित लामिछाने विजयी भएका हुन् ।

निकटतम प्रतिस्पर्धी कांग्रेसका जगदीश्वरनरसिंह केसीले १५ हजार ५ सय ५ मत ल्याए ।

एमालेका केशवराज पाण्डे तेश्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का हिरानाथ खतिवडा चौथो भए । पाण्डेले ८ हजार २ सय ८५ र खतिवडाले ६ हजार ७ सय २० मत पाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us