समाचार

कानुनमन्त्री गौतमले गरिन् पदभार ग्रहण

२०८२ चैत १३ गते १४:०९

 काठमाण्डू, १३ चैत– नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार ग्रहण गरेकी छन । राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएसँगै सिंहदरबार आएर उनले पदभार ग्रहण गरेकी हुन् । उनले तत्काल केही निर्णय गरिनन् । उनले भनिनन्,...

पूर्वसञ्चारकर्मीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी

२०८२ चैत १३ गते १४:०३

काठमाण्डू, १३ चैत–  झन्डै एक दशक लामो सञ्चारकर्मको अनुभव, भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्धको अनुभव हासिल गरेका नुवाकोट–१ का रास्वपा सांसद डा. विक्रम तिमिल्सिनाले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन । अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालय र क्विन्सल्यान्ड विश्वविद्यालयमा अध्ययन एवं प्राज्ञिक काम गरेको...

बालेनलाई बधाई दिँदै बस्नेतले भनेः हरेक कदम समालिएर अघि बढ्नुहोला

२०८२ चैत १३ गते १३:३९

काठमाण्डू, १४ चैत– पूर्व मन्त्री एवं एमालेका सचिव महेश बस्नेतले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन । उनले नयाँपन, युवा नेतृत्व स्वागतयोग्य भन्दै आजको दिन आशा र परीक्षाको रुपमा रहेको बताएका छन । उनले भनेका छन, ‘नव गठित सरकारका प्रधानमन्त्री बालेन्द्र साह...

शपथ सकेर राष्ट्रपति कार्यालयबाट बाहिरिए प्रधानमन्त्री बालेन

२०८२ चैत १३ गते १३:३४

 काठमाण्डू, १३ चैत– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति कार्यालयबाट बाहिरीएका छन । प्रधानमन्त्रीको शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोह सकेर प्रधानमन्त्री बालेन बाहिरिएका हुन । बालेन अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहणका लागि जानेछन् ।...

बालेन मन्त्रिपरिषदमा स्वर्णिमको वरीयता दोस्रो, रहेनन् उपप्रधानमन्त्री

२०८२ चैत १३ गते १३:३०

 काठमाण्डू, १३ चैत– नवगठित बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषदमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दोस्रो वरीयता पाएका छन् । रास्वपाका उपसभापति समेत रहेका वाग्ले पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्दा उनको वरीयता दोस्रो कायम रहेको हो । त्यस्तै, गृहमन्त्रीको जिम्मेवारी पाएका सुदन गुरुङ तेस्रो वरीयतामा...

प्रधानमन्त्री बालेनको शपथमा ओली–देउवा अनुपस्थित

२०८२ चैत १३ गते १३:१५

 काठमाण्डू, १३ चैत– प्रधानमन्त्री बालेनको शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका छन । राष्ट्रपति कार्यालय शीतलनिवासका आयोजित विशेष शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने समारोहमा...

बालेनको मन्त्रिपरिषद्‌मा सुधन गुरुङको वरीयता तेस्रो

२०८२ चैत १३ गते १३:०७

 काठमाण्डू, १३ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन भएको छ । १५ सदस्यीय मन्त्रिपरिषद्‌को दोस्रो नम्बरमा डा. स्वर्णिम वाग्ले छन् भने सुधन गुरुङको वरीयता तेस्रो नम्बरमा छ । वाग्ले अर्थमन्त्री हुन् भने गुरुङ गृहमन्त्री भएका छन् । वरीयताअनुसार...

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

२०८२ चैत १३ गते १२:५८

 काठमाण्डू, १३ चैत– नवनियुक्त मन्त्रीहरूले पद तथा गोप्नियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले...

प्युठानमा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते

२०८२ चैत १३ गते १२:५३

 काठमाण्डू, १३ चैत– प्युठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन । प्युठानकै बाँदिकोटबाट रुपन्देहीको बुटवल जाँदै गरेको स्वर्गद्वारी यातायात प्रा।लि। को ‘अन टेस्ट’ जम्बो ट्राभलर मिनी बस आज बिहान करिब ७ः२० बजे आहालखोला–चिसापानी खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी...

नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री

२०८२ चैत १३ गते १२:४७

 काठमाण्डू, १३ चैत– स्वास्थ्यकर्मीसमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेकी छन । समानुपातिकतर्फबाट सांसद बनेकी नर्ससमेत रहेकी उनी सुनसरी इनरुवाकी हुन् । स्वास्थ्य सेवामा संक्रिय रहे पनि रास्वपाको स्थापनाकालदेखि नै साधारण सदस्यता लिएर पार्टीसँग उनी आबद्ध थिइन् । अघिल्लो...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा ४ पूर्वप्रधानमन्त्री सहभागी, ओली अनुपस्थित

२०८२ चैत १३ गते १२:४३

 काठमाण्डू, १३ चैत– प्रधानमन्त्री बालेनको शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका छन । राष्ट्रपति कार्यालय शीतलनिवासका आयोजित विशेष शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने समारोहमा...

बालेनले लिए प्रधानमन्त्री पदको शपथ

२०८२ चैत १३ गते १२:४१

 काठमाण्डू, १३ चैत– रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us