प्रधानमन्त्री बालेनको शपथ समारोहमा ४ पूर्वप्रधानमन्त्री सहभागी, ओली अनुपस्थित

काठमाण्डु टुडे २०८२ चैत १३ गते १२:४३ मा प्रकाशित

 काठमाण्डू, १३ चैत– प्रधानमन्त्री बालेनको शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका छन । राष्ट्रपति कार्यालय शीतलनिवासका आयोजित विशेष शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका छन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने समारोहमा सहभागी भएका छैनन् । अर्का जीवित पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेससका पूर्वसभापति शुरबहादुर देउवा भने विदेशमा रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us