समाचार

प्रधानमन्त्री बालेनको शपथ समारोहमा ४ पूर्वप्रधानमन्त्री सहभागी, ओली अनुपस्थित

२०८२ चैत १३ गते १२:४३

 काठमाण्डू, १३ चैत– प्रधानमन्त्री बालेनको शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका छन । राष्ट्रपति कार्यालय शीतलनिवासका आयोजित विशेष शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने समारोहमा...

बालेनले लिए प्रधानमन्त्री पदको शपथ

२०८२ चैत १३ गते १२:४१

 काठमाण्डू, १३ चैत– रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार...

बालेन नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन

२०८२ चैत १३ गते १२:३६

 काठमाण्डू, १३ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । यसमा महिला मन्त्रीहरु पाँच जना परेका छन । प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै शपथ ग्रहण गर्ने तयारी भएको छ । बालेन प्रधानमन्त्रीमा...

शपथअघि शीतल निवासमा शंखनाद

२०८२ चैत १३ गते १२:२२

 काठमाण्डू, १३ चैत– नवनियुक्त प्रधानमन्त्री बालेन शाहको शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन गरिएको छ । नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमतप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले केहीबेरमा पद तथा...

सुरु भयो नवनियुक्त प्रधानमन्त्री बालेनको शपथ

२०८२ चैत १३ गते १२:१९

 काठमाण्डू, १३ चैत– शपथ ग्रहणका लागि नवनियुक्त प्रधानमन्त्री बालेन शाह (बालेन्द्र) शीतल निवास पुगेका छन् । अहिले शपथग्रहण कार्यक्रम सुरु भएको छ । नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमतप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् ।...

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

२०८२ चैत १३ गते १२:१२

 काठमाण्डू, १३ चैत– राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथका लागि तयारी भइसकेको छ । नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमतप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले आज पद...

अर्थमन्त्रीमा स्वर्णिम वाग्ले

२०८२ चैत १३ गते १२:००

 काठमाण्डू, १३ चैत– बालेन शाह नेतृत्वको सरकारमा स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन । रास्वपाले शुक्रबार उनको नाम अर्थमन्त्रीको रुपमा टुंगो लगाएको हो । रास्वपाका उपसभापति समेत रहेका उनी तनहुँ–१ बाट निर्वाचित भएका हुन् । उनी पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।...

भौतिकमन्त्री बन्दै सुनिल लम्साल

२०८२ चैत १३ गते ११:४६

 काठमाण्डू, १३ चैत– रास्वपाले सुनिल लम्साललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने भएको छ । उनलाई बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिन लागेको हो । उनको आजै शपथ हुनेछ । उनी रुपन्देही १ बाट निर्वाचित सांसद हुन् ।...

शिशिर खनाल परराष्ट्र मन्त्री बन्ने

२०८२ चैत १३ गते ११:३९

काठमाण्डू, १३ चैत– काठमाण्डू–६ बाट निर्वाचित सांसद शिशिर खनाल परराष्ट्र मन्त्री बन्ने भएका छन् । रास्वपा अन्तर्राष्ट्रिय विभागका प्रमुख उनलाई पार्टीले मन्त्री बनाउने टुंगो लगाएको हो । उनी यसअघि शिक्षामन्त्री बनिसकेका छन् । उनको आजै शपथ हुने बताइएको छ ।...

सम्पत्ति विवरण सार्वजनिक नगरी बिदा भयो कार्की सरकार

२०८२ चैत १३ गते ११:२८

 काठमाण्डू, १३ चैत– जेनजी आन्दोलनपछि बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र उनी नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरु सम्पत्ति विवरण सार्वजनिक नगरी बिदा भएका छन । कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी छन । प्रधानमन्त्री कार्कीले रक्षा, सञ्चार तथा सूचना प्रविधि, शिक्षा, विज्ञान तथा प्रविधि,...

बालेनको पीएसओको जिम्मेवारी डिएसपी बस्याललाई

२०८२ चैत १३ गते ११:२०

 काठमाण्डू, १३ चैत– प्रधानमन्त्री बालेन शाहको निजी सुरक्षा गार्ड (पीएसओ) निश्चित भएको छ । उनको पीएसओमा नेपाल प्रहरीका डिएसपी दिपेश बस्यालले जिम्मेवारी पाएको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिने गर्दछ ।...

ऊर्जामन्त्रीमा विराजभक्त श्रेष्ठ पक्का

२०८२ चैत १३ गते ११:१६

 काठमाण्डू, १३ चैत– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा विराजभक्त श्रेष्ठको नाम टुंगो लागेको छ । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा उनी केही समय युवा तथा खेलकुदमन्त्री समेत भएका थिए । मन्त्री हुँदा खेलकुद क्षेत्रको बेथिति हटाउन र खेलाडीहरूको मनोबल बढाउन चालेका कदमहरूले उनलाई चर्चामा समेत ल्याएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us