ऊर्जामन्त्रीमा विराजभक्त श्रेष्ठ पक्का

काठमाण्डु टुडे २०८२ चैत १३ गते ११:१६ मा प्रकाशित

 काठमाण्डू, १३ चैत– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा विराजभक्त श्रेष्ठको नाम टुंगो लागेको छ । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा उनी केही समय युवा तथा खेलकुदमन्त्री समेत भएका थिए ।

मन्त्री हुँदा खेलकुद क्षेत्रको बेथिति हटाउन र खेलाडीहरूको मनोबल बढाउन चालेका कदमहरूले उनलाई चर्चामा समेत ल्याएको थियो । त्यसलाई ब्रान्डिङ गर्दै उनले चुनावमा होमिएका उनी पुनः निर्वाचित भएर आएका हुन् । २१ फागुनको निर्वाचनमा उनी काठमाण्डू निर्वाचन क्षेत्र नम्बर ८ बाट निर्वाचित भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us