समाचार

नेकपाको घोषणापत्रः पूर्वपश्चिम रेलमार्ग, काठमाण्डूमा मेट्रोरेल र मनोरेलको योजना

२०८२ माघ २७ गते १७:३९

काठमाण्डू, २७ माघ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले ‘सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने नारासहितको चुनावी प्रतिबद्धता पत्र मंगलबार सार्वजनिक गरेका हुन् । घोषणापत्रमा...

गाडी दिएकामा प्रधानमन्त्रीद्वारा भारतको सराहना, नेपाललाई सहयोग गर्नु भारतको कर्तव्य भएको राजदूत श्रीवास्तवको भनाइ

२०८२ माघ २७ गते १७:२५

काठमाण्डू, २७ माघ– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि छिमेकी मित्रराष्ट्र भारतले गरेको सहयोगका लागि धन्यवाद दिएकी छन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग मंगलबार सिंहदरबारमा भएको भेटमा उनले २१ फागुनमा हुने निर्वाचनका लागि सवारी साधनसहितका सामग्री उपलब्ध गराएर सहयोग गरेको भन्दै भारतलाई धन्यवाद...

सामाजिक सञ्जालबाट स्टण्ट गर्नेलाई मतदाताले चिन्दै गएका छन्ः प्रचण्ड

२०८२ माघ २७ गते १५:२७

काठमाण्डू, २७ माघ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमार्फत भइरहेको स्टण्ट र हल्लाको प्रभाव कमजोर हुँदै गएको बताएका छन् । पार्टी मुख्यालय कोटेश्वरपेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले बास्तविकता बुझ्दै गएको सञ्जालको प्रभाव कमजोर हुन थालेको दाबी गरे ।...

संविधान सम्झाउँदै सर्वोच्चले भन्योः सवारी साधनमा अंग्रेजीमा इम्बोस्ट नम्बर राख्न मिल्दैन

२०८२ माघ २७ गते १५:१८

काठमाण्डू, २७ माघ–सर्वोच्च अदालतले सवारी साधनमा इम्बोस्ट नम्बर प्लेट अंग्रेजीमा राख्न रोक लगाएको छ । न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको हो । यातायात व्यवस्था विभागले गत ३ भदौमा अंग्रेजी भाषामा...

तामाकोशीमा बस खस्दा १० को मृत्यु

२०८२ माघ २७ गते १५:१०

काठमाण्डू, २७ माघ–रामेछापमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । प्रदेश ३–०१–००५ख९९७५ नम्बरको बस मन्थली नगरपालिका–६ त्रिवेणी घाटबाट तामाकोशी नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनास्थलमा अर्का एक जना अचेत अवस्थामा फेला परेका छन् । रामेछापका प्रमुख जिल्ला...

नेपाली सेनालाई प्रधानमन्त्री कार्कीको निर्देशनः विगतमा जस्तो कमजोरी यसपटक नहोस्

२०८२ माघ २७ गते ११:४९

काठमाण्डू, २७ माघ– प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षामा कुनै कमजोरी नगर्न नेपाली सेनालाई निर्देशन दिएकी छन् । सैनिक मुख्यालय जंगीअड्डामा आयोजित पृतनापति समन्वयात्मक बैठकको उद्घाटन गर्दै कार्कीले अन्य सुरक्षा निकायबीच समन्वय गरेर काम गर्न सेनलाई निर्देशन दिएकी हुन् । विगतमा जस्तो अन्य सुरक्षा संयन्त्रबी समन्वयमा...

काँग्रेस बदलिएको छ, मलाई गरेको विश्वास भोटमा बदल्नुस्ः गगन थापा

२०८२ माघ २७ गते ११:४१

सुनसरी, २७ माघ– कांग्रेस सभापति गगन थापाले काँग्रेस बदलिएर आएको बताएका छन् । सुनसरी क्षेत्र नम्बर–२ अन्तर्गत झुम्कामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले बदलिएको काँग्रेसले भ्रष्टाचार अन्त्य र सुशासनका लागि काम गर्ने बताएका हुन् । ‘कांग्रेस बदलिएर आएको छ,’ थापाले भने, ‘बदलिएर आएको...

यसपालिको चुनाव नेताले होइन, जनताले जित्ने होः लामिछाने

२०८२ माघ २७ गते ११:३६

नवलपरासी, २७ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले २१ फागुनमा हुने चुनाव नेताले नभई जनताले जित्ने दाबी गरेका छन् । परासी बजारमा मंगलबार कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा लामिछानेले नेताले नभई जनताले जित्ने गरी चुनाव हुन लागेको बताए । उनले चुनाव जितेर गएका...

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

२०८२ माघ २७ गते ११:२९

वीरगञ्ज, २७ माघ– पर्सामा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरुलाई पक्राउ गरेको हो । पर्सा प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले उनीहरुलाई सोमबार राति पक्राउ गरिएको बताए । सोमबार आदर्शनगरथित मदन गुप्ताको घरमा भन्सार छली गरेर...

रवि लामिछानेलाई निर्वाचन आचारसंहिता उल्लंघन नगर्न सचेत गराइयो

२०८२ माघ २७ गते १०:०६

काठमाण्डू, २७ माघ– जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई निर्वाचन आचारसंहिता विपरीतको काम नगर्न तथा नगराउन सचेत गराएको छ । लामिछाने मंगलबार पश्चिम नवलपरासीका विभिन्न कार्यक्रममा सहभागी हुने तयारीमा छन् । लामिछाने आफूविरुद्धको सहकारी ठगी, संगठित अपराध र...

ताप्लेजुङमा भूकम्पको धक्का

२०८२ माघ २७ गते ७:१०

ताप्लेजुङ, २७ माघ- मंगलबार बिहान ताप्लेजुङमा भूकम्प गएको छ । बिहान २ बजेर ४७ मिनेटमा कञ्चनजंघा आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएकोछ । केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको छ...

सेनाद्वारा निकुञ्जमा हराएका तीन किशोरीको उद्धार

२०८२ माघ २६ गते १७:५९

कञ्चनपुर, २६ माघ– नेपाली सेनाले बाटो बिराएर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र हराइरहेका तीन किशोरीको सकुशल उद्धार गरेको छ । सेनाका अनुसार उनीहरु सबै कञ्चनपुरको भिमदत्त नगरपालिका–१५ का हुन् । रणसिंह दल गणबाट गएको टोलीले ती किशोरीहरुको उद्धार गरेको सेनाले जनाएको छ । घुम्न गएका तीन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us