समाचार

ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

२०८३ वैशाख ३ गते १३:१७

काठमाण्डू, ३ वैशाख– कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ । बुधबार राति लम्कीचुहा नगरपालिका–५ को चौरीस्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरको ठक्करबाट ६ वर्षीया बालिका डिनल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ । चौधरीलाई राति पौने...

सुरेन्द्र पाण्डेको प्रश्नः वामपन्थी एकता स्वार्थपूर्तिका लागि ?

२०८३ वैशाख ३ गते १२:४९

काठमाण्डू, ३ वैशाख– एमालेका नेता सुरेन्द्र पाण्डेले वामपन्थी एकताको औचित्यमाथि प्रश्न गरेका छन । यसअघिको एकताको स्मरण गर्दै एमाले नेता पाण्डेले फेरि पनि वामपन्थी एकताको बहस चलेको भन्दै त्यसमाथि प्रश्न गरेका हुन । नेता पाण्डेले यसअघि एमाले र तत्कालीन माओवादीबीचको एकतालाई पद प्राप्ति र...

पहिलोपटक मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री

२०८३ वैशाख ३ गते १२:३२

काठमाण्डू, ३ वैशाख– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएका छन । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । बैठक विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको...

रास्वपा संसदीय दलको बैठक

२०८३ वैशाख ३ गते १२:२७

काठमाण्डू, ३ वैशाख– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दैछ । बैठक आज दिउँसो सवा १२ बजे सिंहदरबारमा बैठक बस्ने छ । उक्त बैठकमा संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्ने कार्यसूची छ । संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति...

सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसले उम्मेदवारी दिने

२०८३ वैशाख ३ गते १२:२१

काठमाण्डू, ३ वैशाख– कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ । कांग्रेसका सांसद भिष्मराज आङदाम्बेले लेखा समितिमा कांग्रेसले उम्मेदवारी दिने जानकारी दिए । ‘लेखा समितिमा हाम्रो उम्मेदवारी रहन्छ’ आङदाम्बेले भने, ‘बाँकी समितिको हकमा विपक्षी दलहरूसँग सल्लाह हुँदैछ ।’ संसदीय समितिका...

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

२०८३ वैशाख ३ गते १२:०५

काठमाण्डू, ३ वैशाख– अवैध रूपमा कम्बोडियामा बसेका ४६ जना नेपालीलाई थाइल्याण्डस्थित नेपाली राजदूतावासले स्वदेश फिर्ता गरेको छ । दूतावासले ३० चैत र १ वैशाखमा कम्बोडियाबाट उद्धार गरिएका नेपालीलाई स्वदेश फिर्ता गरेको हो । प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेर अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ्ग केन्द्र,...

कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

२०८३ वैशाख ३ गते ७:२५

धनगढी,३ वैशाख-कैलालीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । बुधबार राति लम्कीचुहा नगरपालिका–५ स्थित चौरीको भित्री सडकखण्डमा से१त ८७५८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा ६ वर्षीया डिनल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राति करिब पौने ९ बजेतिर घर नजिकै सडकमा...

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

२०८३ वैशाख ३ गते ६:३७

काठमाण्डू, ३ वैशाख-सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले निगमले बुधबार मध्यरातिबाट डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्य वृद्धि गरेको हो । नयाँ मूल्यसूची अनुसार डिजल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि...

इरानको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा

२०८३ वैशाख ३ गते ६:२७

काठमाण्डू, ३ वैशाख- अमेरिका–इरानबीचको तनावका क्रममा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा बुधबार रिहा भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी अहिले सुरक्षित छन् र परिवारसँग सम्पर्कमा आइसकेका छन् । परराष्ट्र मन्त्री शिशिर खनालले अमृतको रिहाइबारे पुष्टि गर्दै इरानस्थित नेपाली महावाणिज्य दूतावास र...

सर्वोच्चद्वारा स्थानीय तहमा निर्दलीय चुनाव गराउनुपर्ने माग अस्वीकार

२०८३ वैशाख २ गते २१:०१

काठमाण्डू, २ वैशाख-सर्वोच्च अदालतले् स्थानीय तहलाई गैरदलीय बनाउनुपर्ने माग अस्वीकार गरेको छ । २०७९ साल जेठमा दलीय आधारमा निर्वाचित भएका स्थानीय तहका ३६ हजारभन्दा बढी जनप्रतिनिधिहरुको पद खारेज गर्दै अब हुने चुनाव गैरदलीय आधारमा बनाउन माग गर्दै अधिवक्ता प्रकाश अधिकारीले दायर गरेको रिट बुधबार...

सबै मन्त्रीले सम्पत्तिको श्रोत खुलाएको सरकारका प्रवक्ताको दाबी

२०८३ वैशाख २ गते २०:५५

काठमाण्डू, २ वैशाख- सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रीहरुको सम्पत्ति विवरणमा प्रश्न उठाइएकामा आपत्ति जनाएका छन् । बुधबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सबै मन्त्रीले सम्पत्तिको श्रोत खुलाएको दाबी गरे । अहिलेको सरकारका प्रधानमन्त्री र...

विश्वप्रकाश शर्माको नेतृत्वमा नीति अनुसन्धान प्रतिष्ठान

२०८३ वैशाख २ गते २०:२७

काठमाण्डू, २ वैशाख- कांग्रेसले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गठन गरेको छ । प्रवक्ता देवराज चालिसेले पार्टी कार्यालय सानेपामा बुधबार बसेको कार्यसम्पादन समिति बैठकले शर्मा नेतृत्वमा प्रतिष्ठान गठन गरेको जानकारी दिए । उपसभापतिले प्रतिष्ठानको नेतृत्व गर्ने काँग्रेस विधानमा उल्लेख...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us