ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

काठमाण्डु टुडे २०८३ वैशाख ३ गते १३:१७ मा प्रकाशित

काठमाण्डू, ३ वैशाख– कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ । बुधबार राति लम्कीचुहा नगरपालिका–५ को चौरीस्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरको ठक्करबाट ६ वर्षीया बालिका डिनल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ ।

चौधरीलाई राति पौने ९ बजेतिरघर नजिकै सडकमा खेलिरहेकी अवस्थामा ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी डिनललाई तत्काल उपचारका लागि बर्दगोरिया अस्पताल लगिएको थियो ।

उनको उपचारकै क्रममा अस्पतालमा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । दुर्घटनामा संलग्न ट्याक्टर र चालक लम्कीचुहा नगरपालिका–५ कै ३७ वर्षीय राम बहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us