काठमाण्डू, ३ वैशाख-सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
नेपाल आयल निगमले निगमले बुधबार मध्यरातिबाट डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्य वृद्धि गरेको हो ।
नयाँ मूल्यसूची अनुसार डिजल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरिएको छ । योसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ सय ३७ पुगेको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर २ सइ ५६ रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार अत्याधिक घाटा रहेको निगमले बताएको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ ।