समाचार

गैँडाको खागसहित चार जना पक्राउ

२०८३ वैशाख ४ गते ८:३६

सुनसरी-सुनसरीको बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैँडाको खागसहित चार जनालाई पक्राउ गरिएको छ । गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीले जानकारी दिए...

केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने

२०८३ वैशाख ४ गते ७:४८

४ वैशाख- देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण अहिले अधिकांश स्थानमा आंशिक बदली देखिएको छ । हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी भेगमा आंशिक बदली तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहेको छ । कोशी प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का वर्षा र...

ट्रकको ठक्करबाट वृद्धको ज्यान गयो

२०८३ वैशाख ४ गते ७:४१

तनहुँ, ४ वैशाख-पृथ्वीराजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार ज्यान गुमाउनेमा गोरखा घर भएका ६१ वर्षीय खुदबहादुर थापा रहेका छन् । दमौलीबाट आँबुखैरेनीतर्फ गइरहेको प्र३–०१–००३क ४८९८ नम्बरको ग्यास सिलिन्डर बोकेको ट्रकले बाटो काट्ने क्रममा...

पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

२०८३ वैशाख ३ गते २०:०१

काठमाडौं, ३ वैशाख । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा पक्राउ परेका खड्का गत चैत १५ गतेदेखि हिरासतमा थिए । उनको पक्राउविरुद्ध उनकी पत्नी विनिता थापाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट...

काठमाण्डू उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त विरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ वैशाख ३ गते १८:१२

काठमाण्डू, ३ वैशाख– काठमाण्डू उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीविरुद्ध १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपैयाँ ३९...

हामी सबै सम्पत्ति छानबिन आयोगको टीओआरमा परिसक्यौँः रवि लामिछाने

२०८३ वैशाख ३ गते १७:३१

काठमाण्डू, ३ वैशाख– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले आफूहरूमाथि पनि छानबिन गर्ने बताएका छन । आयोगले अगाडिबाट सुरु गरेर छानविन गर्दै आउने उनले बताएका छन । आज पत्रकारहरुसँग कुरा गर्दै...

हदबन्दीभन्दा बढी जग्गाबारे गृहमन्त्रीको प्रष्टीकरणः अंशबण्डा नै भएको छैन

२०८३ वैशाख ३ गते १७:२४

काठमाण्डू, ३ वैशाख– गृहमन्त्री सुधन गुरुङले आफ्नो दाजुभाइबीच अंशबन्डा नै नभएको कारणले सम्पत्ति धेरै देखिएको बताएका छन । हालै सार्वजनिक गरिएको सम्पत्ति विवरणमा गृहमन्त्री गुरुङ हदबन्दीभन्दा धेरै जग्गा भएको पाइएको थियो । सम्पत्ति विवरणलाई लिएर चौतर्फि टिप्पणी भएपछि त्यसबारे गृहमन्त्री गुरुङको यस्तो प्रतिक्रिया आएको...

शौचालय बनाउन खनेको खाल्डोको पानीमा डुबेर २ बालबालिकाको मृत्यु

२०८३ वैशाख ३ गते १७:१९

काठमाण्डू, ३ वैशाख– बझाङमा खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ । बझाङको बित्थडचिर गाउँपालिका–१ को माथिल्लो बित्थडमा शुक्रबार खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पानीमा डुबेर सोही ठाउँका गगन बोहराको ५ वर्षीया...

प्रधानमन्त्री शाहले गरे मुख्यमन्त्रीहरूसँग छलफल

२०८३ वैशाख ३ गते १७:१४

काठमाण्डू, ३ वैशाख– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज (बिहिबार) सात प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले मुख्यमन्त्रीहरूसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । छलफलमा पाँच वटा प्रदेशका मुख्यमन्त्रीहरू सहभागी भएको प्रधानमन्त्रीको सचिवालय...

मूल्यवृद्धि विरुद्ध संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

२०८३ वैशाख ३ गते १७:०८

काठमाण्डू, ३ वैशाख– संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थ लगायतका उपभोग्य वस्तुहरू गरिएको मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरेका छन । आज (बिहीबार) ती सङ्गठनले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरुले मूल्यवृद्धि नियन्त्रण, राहत प्याकेज घोषणा र पेट्रोलियम पदार्थमा लगाइएको कर खारेज गरी मूल्य समायोजन...

१० विषयगत संसदीय समितिका सभापति निर्विरोध

२०८३ वैशाख ३ गते १७:००

काठमाण्डू, ३ वैशाख– प्रतिनिधि सभा अन्तर्गतका ९ र १ संयुक्त (प्रतिनिधि सभा र राष्ट्रिय सभा)का विषयगत समितिका सभापति बिहीबार निर्विरोध हुने भएका छन् । समिति सभापतिमा निर्विरोध हुनेमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ९ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक सांसद...

एमाले नेतृत्व छाड्न ओली तयार भएका हुन् ?

२०८३ वैशाख ३ गते १६:५२

काठमाण्डू, ३ वैशाख– गत २१ फागुनमा भएको प्रतिनिधि सभाको निर्वाचनमा अपेक्ष भन्दा निकै कमजोर ‘लज्जास्पद’ नतिजा प्रप्त भएसँगै एमालेभित्र पार्टी पुनर्गठनको बहस तीव्र बनेको छ । यो बहस कुनै औपचारिक पार्टी कमिटीको फोरमभन्दा पनि नेता कार्यकर्ताहरू बिचको आन्तरिक छलफल, संवाद र भेटघाटमा सीमित छ,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us