ट्रकको ठक्करबाट वृद्धको ज्यान गयो

काठमाण्डु टुडे २०८३ वैशाख ४ गते ७:४१ मा प्रकाशित

तनहुँ, ४ वैशाख-पृथ्वीराजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार ज्यान गुमाउनेमा गोरखा घर भएका ६१ वर्षीय खुदबहादुर थापा रहेका छन् ।

दमौलीबाट आँबुखैरेनीतर्फ गइरहेको प्र३–०१–००३क ४८९८ नम्बरको ग्यास सिलिन्डर बोकेको ट्रकले बाटो काट्ने क्रममा उनलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई प्रदेश अस्पताल दमौली पुर्‍याइए पनि उपचारकै क्रममा बिहीबार साँझ ५ः४८ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us