काठमाण्डू, ३ वैशाख– गृहमन्त्री सुधन गुरुङले आफ्नो दाजुभाइबीच अंशबन्डा नै नभएको कारणले सम्पत्ति धेरै देखिएको बताएका छन । हालै सार्वजनिक गरिएको सम्पत्ति विवरणमा गृहमन्त्री गुरुङ हदबन्दीभन्दा धेरै जग्गा भएको पाइएको थियो ।
सम्पत्ति विवरणलाई लिएर चौतर्फि टिप्पणी भएपछि त्यसबारे गृहमन्त्री गुरुङको यस्तो प्रतिक्रिया आएको हो । उनले भने, ‘दुई जना दाजुभाइको अंशबन्डा नै भएको छैन ।’
गृहमन्त्री गुरुङको धनकुटामा १९ रोपनी १५ आना, हजुरबुबाको नाममा गोरखामा २२१ रोपनी जग्गा रहेको सार्वजनिक भएको सम्पत्ति विवरणमा उल्लेख छ ।
यस्तै, गुरुङको ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँको शेयर र पैतृक सम्पत्तिमा ८९ तोला सुन र ६ किलो चाँदी रहेको विवरणमा उल्लेख गरेका छन ।