काठमाण्डू, ४ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले आज लेखेको एउटा स्टाटसले पार्टीभित्रको आन्तरिक एकतामा गम्भीर संकट उत्पन्न भएको संकेत गर्छ । उनले पार्टीका महामन्त्री डा. धवलशम्शेर राणाको पछिल्ला गतिविधिलाई लिएर आशंका व्यक्त गर्दै जवाफको माग समेत गरेका छन । महामन्त्री राणाले...
काठमाण्डू, ४ वैशाख– संसदीय समितिमा पत्रकारलाई प्रवेश निषेध गरीएको छ । शुक्रबार संसदीय समितिका सभापतिहरूको निर्वाचन भएको थियो । अधिकांश संसदीय समितिका सभापति सर्वसम्मत निर्वाचित भए । दुई वटा संसदीय समितिको सभापतिमा भने एक भनदा बढी उम्मेदवारी परेकोले निर्वाचन प्रक्रियाद्धारा सभापति चयन गरिएको छ...
काठमाण्डू, ४ वैशाख– त्रिभुवन विश्वविद्यालयले आफ्नो जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको छ । अरुले मिचेको जग्गा तथा अचल सम्पत्ति ३५ दिनभित्र खाली गर्न त्रिविले अनुरोध गरेको छ । त्रिविले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल सरकार लगायत दाताहरूले त्रिभुवन विश्वविद्यालयको शैक्षिक उन्नयनका लागि...
काठमाण्डू, ४ वैशाख– कांग्रेसले सुदूरपश्चिम प्रदेशमा गर्ने भनिएको निर्वाचन समीक्षा तथा १५ औं महाधिवेशनसम्बन्धी कार्यक्रम स्थगित भएको छ । शनिबारका लागि पूर्वनिर्धारित निर्वाचन समीक्षा कार्यक्रमलाई कांग्रेसले अनिश्चितकालका लागि स्थगित गरेको हो । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बिहीबार प्रदेश कार्यसमितिलाई पत्र पठाएर शनिबारका लागि तय...
काठमाण्डू, ४ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन । पत्थरीको अपरेशनपछि टिचिङमा उपचाररत् ओलीलाई भेट्न बिहीबार साँझ सवा ५ बजेतिर प्रचण्ड पुगेका थिए । उनी ३०...
काठमाण्डू, ४ वैशाख– रोल्पामा लडेर एक बालकको मृत्यु भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–६ सानो भुर्ती बस्ने बालाराम ओलीका ५ वर्षीय छोरा शंकरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घरको आँगनमा थुपारेर राखिएको खरमा खेल्ने क्रममा उनी लडेर घाइते भएका थिए । खेल्ने...
काठमाण्डू, ४ वैशाख– गृहमन्त्री सुधन गुरुङले आफ्नै बाबुले नै गल्ती गरे पनि नछाड्ने बताएका छन । हिजो (बिहिबार) साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री गुरुङले यस्तो बताएका हुन । उनले भने, ‘म गल्ती गर्ने कसैलाई छाड्दिनँ । मेरै बाबुले नै गल्ती गरेको भए पनि...
काठमाण्डू, ४ वैशाख– गृहमन्त्री सुधन गुरुङले आफ्नै बाबुले नै गल्ती गरे पनि नछाड्ने बताएका छन । हिजो (बिहिबार) साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री गुरुङले यस्तो बताएका हुन । उनले भने, ‘म गल्ती गर्ने कसैलाई छाड्दिनँ । मेरै बाबुले नै गल्ती गरेको भए पनि...
काठमाण्डू, ४ वैशाख– नेपालको अग्रणी सञ्चार समूह हिमालय टेलिभिजन नेटवर्क र अनलाइनखबर डटकमको समूह सम्पादकमा पत्रकार उमेश चौहान नियुक्त भएका छन । यसअघि बेग्लाबेग्लै र स्वायत्त संस्थाका रूपमा सञ्चालनमा रहेका हिमालय टेलिभिजन र अनलाइनखबरले अब ‘न्यूजरुम कन्भर्जेन्स’ मोडल अँगाल्दै समूह संरचनामा अघि बढ्ने निर्णय...
काठमाण्डू, ४ वैशाख– आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने यूएईसँगको टी–२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा गरीएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । रोहित पौडेल भने १५ सदस्यीय टोलीमै परेका छैनन्...
काठमाण्डू, ४ वैशाख– अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता भएका छन । बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका–३ बल्दे का ३५ वर्षीय पहलसिंह बुढा र उहाँका १३ वर्षीय छोरा नरि बुढा रहेको प्रहरीले जानकारी दिएको छ । वैशाख ३ गते बेलुकाको...
काठमाण्डू, ४ वैशाख– कांग्रेसले संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलमा बोलाएको छ । निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई छलफलका लागि बोलाएका हुन् । छलफल दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय...