दलको नेताबारे छलफल गर्न कांग्रेस सांसदहरूको बैठक बस्दै

काठमाण्डु टुडे २०८३ वैशाख ४ गते १२:५६ मा प्रकाशित

काठमाण्डू, ४ वैशाख– कांग्रेसले संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलमा बोलाएको छ ।

निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई छलफलका लागि बोलाएका हुन् ।

छलफल दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने एक सांसदले जानकारी दिएका छन । ‘दलको कार्यालयबाट सहमहामन्त्रीले छलफलका लागि बोलाएको सूचना आएको छ,’ ती सांसदले भने, ‘दिउँसो ३ बजे बोलाइएको छ ।’

यसअघि संयोजक रसाइलीले शुक्रबार (४ चैत) मा कांग्रेसले दलको नेता चयन गर्ने कार्यतालिका रहेको जानकारी सञ्चारमाध्यमहरूलाई दिएका थिए । उनले २ चैतमा निर्वाचन कार्यतालिका प्रकाशित हुने पनि बताएका थिए । तर, कांग्रेसले कार्यतालिका भने ल्याएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us