समाचार

एक साताभित्र इन्धनको मूल्य नघटाए बालेन सरकारविरुद्ध आन्दोलन थाल्ने दुर्गा प्रसाईंको चेतावनी

२०८३ वैशाख ५ गते १४:२३

काठमाण्डू, ५ वैशाख– विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारले पेट्रोलियम पदार्थको मूल्य नघटाए बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले एक साताभित्र इन्धनको मूल्य नघटाइए आन्दोलन थाल्ने चेतावनी दिएका हुन् । आन्दोलनको नेतृत्व विद्यार्थीहरुले गर्ने...

ब्रोइलर कुखुराको मासु खाएर बिरामी भएका दाजु–भाईको मृत्यु, अर्का भाई र आमा सिकिस्त

२०८३ वैशाख ५ गते १४:१३

कैलाली, ५ वैशाख– कैलालीमा ब्रोइलर कुखुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ । चुरे गाउँपालिका–३ भक्तपुरका ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक सहोदर दाजुभाई हुन् । प्रहरीका...

अदालतको निर्णय जित–हारको होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय होः गगन थापा

२०८३ वैशाख ५ गते १२:३५

काठमाण्डू, ५ वैशाख– कांग्रेस सभापति गगन थापाले सर्वोच्च अदालतको निर्णय जित हारको विषय नभको बताएका छन् । आफू नेतृत्वको काँग्रेसलाई सर्वोच्चले वैधता दिएपछि शनिबार पहिलोपटक सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बनेको दाबी गरे । अदालतको निर्णय जित–हारको...

गगन थापालाई सचेत गराउँदै ससुराले भनेः दम्भ, अहंकार र शक्ति प्रदर्शन होइन, उदारता देखाउनु

२०८३ वैशाख ५ गते ११:५८

काठमाण्डू, ५ वैशाख –काँग्रेस नेता अर्जुननरसिंह केसीले सर्वोच्च अदालतबाट महाधिवेशनको वैधता पाएको पक्षले दम्भ, अहंकार र शक्ति प्रदर्शन गर्न नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार केसीले सर्वोच्च अदालतबाट विशेष अधिवेशनको वैधता टुंगो लागिसकेकाले दम्भ र अहंकार कसैले राख्न नहुने बताएका हुन् ।...

काँग्रेस महामन्त्रीद्वयको अपिलः सर्वोच्चको फैसलालाई जितहारका रुपमा नलिऔं

२०८३ वैशाख ५ गते ११:४६

काठमाण्डू, ५ वैशाख–काँग्रेस महामन्त्रीद्वय प्रदीप पौडेल र विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको फैसलालाई जितहारका रुपमा नलिन पार्टी पंक्तिलाई अपिल गरेका छन् । सामाजिक सञ्जालमार्फत उनीहरुले अदालतको फैसलाको स्वागत गर्दै कसैको जित र कसैको हार नभएको बताएका हुन् । सर्वोच्च अदालतले शुक्रबार काँग्रेसको विशेष महाधिवेशन र...

बिरामीको उपचार गरेको भिडियो सामाजिक सञ्जालमा राख्ने डाक्टरमाथि कारबाहीको तयारी

२०८३ वैशाख ५ गते ११:२९

काठमाण्डू, ५ वैशाख– बिरामी उपचार गरिरहेको भिडिओ सामाजिक सञ्जालमा पोष्ट गरेको प्रकरणमा एक चिकित्सकलाई स्पष्टीकरण सोधिएको छ । भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा कार्यरत रोग विशेषज्ञ डा। सुधीरप्रसाद साहलाई नेपाल मेडिकल काउन्सिलले स्पष्टीकरण सोधेको हो । उनलाई एक साताभित्र लिखित स्पष्टीकरण दिन भनिएको छ ।...

गगन थापा समूहलाई आधिकारिकता दिने सर्वोच्चको आदेश

२०८३ वैशाख ४ गते २२:२३

काठमाडौं — सर्वोच्च अदालत ले निर्वाचन आयोग को निर्णयलाई सदर गर्दै नेपाली कांग्रेस भित्रको गगन थापा समूहलाई दिइएको आधिकारिकता कानुनसम्म रहेको ठहर गरेको छ। न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौला को इजलासले विशेष महाधिवेशनबाट बनेको संरचनालाई वैधानिक मान्यता दिएको हो। यससँगै विशेष महाधिवेशनलाई अस्वीकार...

धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठद्वारा राजीनामा

२०८३ वैशाख ४ गते २२:१६

काठमाडौं, वैशाख ४ — नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्। शुक्रबार उनले अर्थ मन्त्रालय मा राजीनामा पत्र बुझाएका हुन्। मन्त्रालय पुगेका श्रेष्ठले आफूले स्वेच्छाले राजीनामा दिएको जानकारी दिएका छन् । अर्थमन्त्रीको सचिवालयका अनुसार श्रेष्ठले ‘सरकारलाई सहयोग पुग्ने गरी...

प्रहरीले भन्योः तामेलीको फाइल जगाएर अनुसन्धान गरेका छौं, ओली–लेखकको अनुसन्धान जारी छ

२०८३ वैशाख ४ गते १७:१२

काठमाण्डू, ४ वैशाख– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक हिरासत मुक्त भए पनि अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ । १३ दिनको हिरासत बसाइपछि रिहा भएका ओली–लेखकको अनुसन्धान अहिले पनि जारी रहेको जिल्ला प्रहरी...

पक्राउपछि अस्पताल भर्ना, अदालतको आदेशपछि डिस्चार्ज

२०८३ वैशाख ४ गते १६:४३

काठमाण्डू, ४ वैशाख– सरकारले गत चैत १६ गते पूर्वमन्त्री एवं कांग्रेसका नेता दीपक खड्कालाई सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान गर्न भन्दै पक्राउ गर्‍यो । उनको पक्राउ गैरकानुनी भन्दै बिहीबार सर्वोच्च अदालतले हिरासत मुक्त गर्न आदेश दिएको छ । जब उनी पक्राउ परे बिरामी भएको भन्दै...

कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

२०८३ वैशाख ४ गते १६:३१

काठमाण्डू, ४ वैशाख– कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ । बुधबार राति लम्कीचुहा नगरपालिका–५ को चौरीस्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरको ठक्करबाट ६ वर्षीया बालिका डिनल चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चौधरीलाई राति पौने ९ बजेतिरघर नजिकै...

प्रधानमन्त्री शाहले पाए अवहेलना मुद्दामा वारेसको अनुमति

२०८३ वैशाख ४ गते १५:५६

काठमाण्डू, ४ वैशाख– सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन शाहलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा वारेस राख्ने सुविधा दिएको छ । न्यायाधीशहरू हरि फुयाल र शान्तिसिंह थापाको इजलासले शाहलाई अवेहलना मुद्दामा तारिख खेप्न वारेसको सुविधा दिएको हो । अब मुद्दाको तारेखको दिन प्रधानमन्त्री शाहको साटो उनका वारेस...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us