एक साताभित्र इन्धनको मूल्य नघटाए बालेन सरकारविरुद्ध आन्दोलन थाल्ने दुर्गा प्रसाईंको चेतावनी

काठमाण्डु टुडे २०८३ वैशाख ५ गते १४:२३ मा प्रकाशित

काठमाण्डू, ५ वैशाख– विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारले पेट्रोलियम पदार्थको मूल्य नघटाए बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले एक साताभित्र इन्धनको मूल्य नघटाइए आन्दोलन थाल्ने चेतावनी दिएका हुन् । आन्दोलनको नेतृत्व विद्यार्थीहरुले गर्ने जानकारी उनले दिए

प्रसाईंले जनताको आवाज बन्द गर्न सरकारले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने तयारी गरेको आरोप लगाए । ‘विद्यार्थी संगठन किन चाहिने रहेछ भन्दा आवाज उठाउन’, प्रसाईंले भने ।

विगतमा इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँ वृद्धि हुँदा पनि आन्दोलन हुने गरेको चर्चा गर्दै उनले अहिले सय रुपैयाँ बढ्दा पनि सबै विद्यार्थी संगठन चुपचाप बसेको आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us