समाचार

अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने

२०८३ वैशाख ६ गते १६:१४

काठमाण्डू, ६ वैशाख– अबबाट वैदेशिक अध्ययनमा जाने विद्यार्थीले घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेट लाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाण्डू...

स्थानीय तहको चुनाव केन्द्रित हुन खोज्दै रास्वपा

२०८३ वैशाख ६ गते १६:०९

काठमाण्डू, ६ वैशाख– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको चुनाव केन्द्रित हुन सुरु गरेको छ । यस अन्तर्गत स्थानीय तह उम्मेदवार क्लब गठन गर्ने रास्वपाको तयारी रहेको छ । रास्वपा पवक्ता मनिष झाका अनुसार भोली (सोमबार) दिउँसो ३ बजे केन्द्रीय समितिको...

डेरामा बस्नेको विवरण राख्न घरधनीलाई प्रहरीको अनुरोध

२०८३ वैशाख ६ गते १५:४८

काठमाण्डू, ६ वैशाख– प्रहरीले डेरामा बस्नेको विवरण राख्न घरधनीलाई आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईका अनुसार, अपराध नहोस् र भइहालेमा व्यक्ति पहिचानमा सहज होस् भनेर अनुरोध गरिएको जानकारी दिए । ‘एउटै घरमा डेरामा बसेको चाररपाँच वर्ष...

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

२०८३ वैशाख ६ गते १५:४२

काठमाण्डू, ६ वैशाख– प्रहरीले गुण्डागर्दीमा संलग्न आरोपमा निरे भनेर चिनिने निराजन पौडेललाई पक्राउ गरेको छ । काठमाण्डू महानगरपालिका–३ बसुन्धारा घर भएका पौडेललाई वैशाख ३ मा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवन भट्टराईले जानकारी दिएका छन । भट्टराईले भने, ‘पौडेलमाथि अनुसन्धान भइरहेको छ...

पूर्णबहादुर खड्कालाई अनुशासन समितिले विधानबमोजिम कारबाही गर्ने

२०८३ वैशाख ६ गते १५:३८

काठमाण्डू, ६ वैशाख– कांग्रेसको अनुशासन समितिले कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी विधानबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । केन्द्रीय सदस्य तारामान गुरुङ नेतृत्वको समितिले वैशाख २ गते नभएको पद उल्लेख गरी पार्टीको लेटरप्याडमा विज्ञप्ति जारी गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय...

केरा महँगिँदा सत्ता पक्षकै सांसदको कटाक्ष !

२०८३ वैशाख ६ गते १५:३१

काठमाण्डू, ६ वैशाख– पछिल्लो समय केराको मूल्य अस्वाभाविक वृद्धि भएको छ । जसका कारण सर्वसाधारणदेखि सांसदसम्मले केराको मूल्यलाई लिएर कटाक्ष गर्न सुरु गरेका छन । यसैबिच सत्तापक्षकै एक सांसदले केराको मूल्यलाई लिएर सामाजिक सञ्जालबाट प्रश्न गरेकी छन । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी...

शेखर समूहले भन्योः पार्टी एक राख्ने/नराख्ने जिम्मेवारी सभापतिको

२०८३ वैशाख ६ गते १५:१५

काठमाण्डू, ६ वैशाख– कांग्रेस नेता डा.शेखर कोइरालाको समूहले अब पार्टीमा एकता कायम राख्ने नराख्ने जिम्मेवारी सभापति गगन थापाको काँधमा पुगेको बताएको छ । आज (आइतबार) बिहान नेता डा.कोइराला निवासमा बसेको समूहको भेलाले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने निर्णय गरेको कांग्रेस नेता जीवन परियारले जानकारी...

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

२०८३ वैशाख ६ गते १५:०६

काठमाण्डू, ६ वैशाख– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, बैठक भोलि (सोमबार) दिउँसो ३ बजे बस्नेछ । सभापति रवि लामिछानेको निर्देशन अनुसार पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने उनले जानकारी दिएका छन ।...

शेखर समूहको निष्कर्षः पार्टी एकता कायम राख्न सभापतिको जिम्मेवारी बढी रहन्छ

२०८३ वैशाख ६ गते १५:०२

काठमाण्डू, ६ वैशाख– कांग्रेसका नेता डा. शेखर कोइराला समूह भेलाले सर्वोच्च अदालतको हालैको निर्णयलाई स्वीकार गर्दै पार्टी सुदृढीकरणमा जोड दिने निष्कर्षमा पुगेको छ । आज (आइतबार) कोइरालाको सचिवालय विशालनगरमा बसेको भेलाले विशेष महाधिवेशनबारे सर्वोच्च अदालतको फैसला आइसकेपछि पार्टीभित्र एकता कायम राख्न सबैको भूमिका हुने...

देउवा पक्ष भेलाको निष्कर्षः स्वाभिमानको कुरा छ, सानेपा जिम्मेवार हुनुपर्छ

२०८३ वैशाख ६ गते १४:५४

काठमाण्डू, ६ वैशाख– कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्षमा पुगेको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले आधिकारिकता प्रदान गरेपछि आगामी रणनीति तय गर्न भन्दै आज (आइतबार) बसेको देउवा समूहका पूर्वकेन्द्रीय सदस्यहरूको...

पोखरा भ्रमणमा जाँदै पूर्वराजारानी

२०८३ वैशाख ६ गते १४:२२

काठमाण्डू, ६ वैशाख– पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह पोखरा भ्रमणमा जाने तयारी गरेका छन । पूर्वराजा शाहको संवाद सचिवालयका अनुसार, उनीहरू यसैसाता पोखरा भ्रमणमा जान लागेका हुन् । हरूको भ्रमण मिति र अन्य कार्यक्रमबारे जानकारी गराइएको छैन ।...

विष्णुमति खोला किनारमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

२०८३ वैशाख ६ गते १३:५९

काठमाण्डू, ६ वैशाख– बिष्णुमति खोला किनारमा चार थान पेस्तोल र ५८ राउण्ड गोली फेला परेको छ । काठमाण्डू महानगरपालिका–१५ शोभाभगवतीस्थित बिष्णुमति खोला किनारबाट उक्त पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसएसपी रमेश थापाले जानकारी दिए । उनका अनुसार पेस्तोल र गोलीका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us