रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाण्डु टुडे २०८३ वैशाख ६ गते १५:०६ मा प्रकाशित

काठमाण्डू, ६ वैशाख– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, बैठक भोलि (सोमबार) दिउँसो ३ बजे बस्नेछ ।

सभापति रवि लामिछानेको निर्देशन अनुसार पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने उनले जानकारी दिएका छन । त्यसअघि रास्वपा सचिवालय बैठक आज बस्दैछ ।

सचिवालय बैठकमा जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनका विषयमा छलफल हुने जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us