डेरामा बस्नेको विवरण राख्न घरधनीलाई प्रहरीको अनुरोध

काठमाण्डु टुडे २०८३ वैशाख ६ गते १५:४८ मा प्रकाशित

काठमाण्डू, ६ वैशाख– प्रहरीले डेरामा बस्नेको विवरण राख्न घरधनीलाई आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईका अनुसार, अपराध नहोस् र भइहालेमा व्यक्ति पहिचानमा सहज होस् भनेर अनुरोध गरिएको जानकारी दिए ।

‘एउटै घरमा डेरामा बसेको चाररपाँच वर्ष भएको हुन्छ । तर त्यो मान्छेले केही अपराध गर्‍यो भने घरधनीलाई सोधपुछ गर्दा केही थाहा हुँदैन,’ एसपी भट्टराईले भने, ‘कम्तीमा पनि यस्ता घटना नदोहोरिन् भाडामा बस्नेहरुको विवरण राख्न अनुरोध गरेका हौं ।

यो बाध्यकारी होइन ।’ अझ घरधनीले पुलिस क्लियरेन्स रिपोर्ट माग गरेको अवस्थामा कस्ता पृष्ठभूमिका मान्छे बस्न लागेको छन् ? भन्नेसम्म खुल्ने हुँदा पुलिस रिपोर्टसम्म घरधनीले माग्नसक्ने प्रहरीले जानकारी दिएको छ । जसले गर्दा कुनै घटनामा संलग्न नै नभएकाहरुले अनावश्यक रूपमा प्रहरी सोधपुछ तथा हैरानीमा पर्न नसक्ने प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us