काठमाण्डू, ५ वैशाख –काँग्रेस नेता अर्जुननरसिंह केसीले सर्वोच्च अदालतबाट महाधिवेशनको वैधता पाएको पक्षले दम्भ, अहंकार र शक्ति प्रदर्शन गर्न नहुने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार केसीले सर्वोच्च अदालतबाट विशेष अधिवेशनको वैधता टुंगो लागिसकेकाले दम्भ र अहंकार कसैले राख्न नहुने बताएका हुन् । सबैको प्राथमिकता अब पार्टी एकतामा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
‘विशेष अधिवेशन विधिवत् रहेको विषय अदालतबाट टुङ्गो लागिसकेको वर्तमान अवस्थामा अब हामी सबैको प्राथमिकता कतैबाट पनि दम्भ, अहंकार वा शक्ति प्रदर्शन होइन, समग्र पार्टी एकतामा केन्द्रित हुनुपर्छ,’ केसीले भनेका छन् ।
लोकतान्त्रिक पार्टीमा वाद–विवाद स्वाभाविक भएको भन्दै उनले संवाद र सहमतिमार्फत् सबै पक्षको सम्मान गरेर १५ औं महाधिवेशनलाई एकता अधिवेशन र अभियानका रूपमा सफल बनाउनु जरुरी रहेकोमा जोड दिए ।
असहमत पक्षलाई समेट्दै साझा एजेन्डा तय गर्ने, व्यक्तिगत विवादभन्दा विधि, पद्दति र संस्थागत हितलाई सर्वोपरी राख्ने संस्कारको विकास आजको साझा दायित्व भएकामा केसीले जोड दिए ।
वर्तमान चुनौतीहरू सामना गर्न सक्षम, सुदृढ र ए
्कीकृत कांग्रेस निर्माणका लागि नेतृत्वले उदारता, सहिष्णुता र समावेशी निर्णय प्रक्रियालाई अझ सशक्त बनाउनु आवश्यक रहेको केसीले स्पष्ट गरे ।
त्यसका लागि नेतृत्वले उदारता, सहिष्णुता र समावेशी निर्णय प्रक्रियालाई प्रक्रिया अपनाउनु आवश्यक रहेको बताए । विशेष महाधिवेशनबाट निर्वाचिन सभापति गगन थापा केसीका ज्वाईं हुन् ।