पक्राउपछि अस्पताल भर्ना, अदालतको आदेशपछि डिस्चार्ज

काठमाण्डु टुडे २०८३ वैशाख ४ गते १६:४३ मा प्रकाशित

काठमाण्डू, ४ वैशाख– सरकारले गत चैत १६ गते पूर्वमन्त्री एवं कांग्रेसका नेता दीपक खड्कालाई सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान गर्न भन्दै पक्राउ गर्‍यो ।

उनको पक्राउ गैरकानुनी भन्दै बिहीबार सर्वोच्च अदालतले हिरासत मुक्त गर्न आदेश दिएको छ । जब उनी पक्राउ परे बिरामी भएको भन्दै अस्पताल भर्ना गरियो । बिहीबार अदालतको आदेश आएपछि उनी हिरासत मुक्त भए ।

शुक्रबार दिउँसो उनी अस्पतालबाट डिस्चार्ज भए । नेपालमा राजनीतिक नेताहरू तथा प्रभावशाली व्यक्तिहरू पक्राउ पर्ने बित्तिकै अस्पताल भर्ना हुने र त्यहाँ विभिन्न विरामको कारण देखाउँदै बस्ने प्रवृति छ ।

धेरैले यसलाई हिरासत छल्न अस्पताल प्रयोग गरेको रुपमा बुझ्ने गरेका छन् । यसपटक पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि हिरासतका बेला टिचिङ अस्पतालमै बसे ।

पक्राउ पर्ने बित्तिकै भिआइपीहरू किन अस्पतालमा बस्छन् भन्ने विषयले यसपाली पनि निकै ठूलो बहस सिर्जना गर्‍यो । सामाजिक सञ्जालमा व्यापक आक्रोश पनि उत्पन्न भयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us