प्रहरीले भन्योः तामेलीको फाइल जगाएर अनुसन्धान गरेका छौं, ओली–लेखकको अनुसन्धान जारी छ

काठमाण्डु टुडे २०८३ वैशाख ४ गते १७:१२ मा प्रकाशित

काठमाण्डू, ४ वैशाख– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक हिरासत मुक्त भए पनि अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ ।

१३ दिनको हिरासत बसाइपछि रिहा भएका ओली–लेखकको अनुसन्धान अहिले पनि जारी रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

‘हिरासत मुक्त भएपछि अनुसन्धान के हुने भन्ने आम चासो देखियो । उहाँहरूको अनुसन्धान भने जारी छ’ एसपी भट्टराईले भने ।’ उनका अनुसार तामेलीको फाइल जगाएर प्रहरीले अहिले काम गरिरहेको छ ।

भदौ २३ को जेनजी आन्दोलनको हत्याबारे ९ वटा निवेदन परिसर काठमाण्डूमा परेका थिए । ती निवेदन सरकारी वकिल कार्यालयको निर्णयअनुसार २७ असोजमा तामेलीमा राखिएको थियो । तामेलीमा राखिएको ९ वटा निवेदनमध्ये अहिले एउटा निवेदन अर्थात तामेली जगाएर अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए । एउटा निवेदनको तामेली जगाइ अनुसन्धान गरेका छौं ।

तथ्य प्रमाणहरू जुटाउने काम भइरहेको छ’ एसपी भट्टराईले भने । अहिले लासजाँच मुचुल्का तथा शव परीक्षण लगायतका सम्बन्धित कागजात अध्ययन गर्ने सीसीटीभी फुटेज संकलन एंव विश्लेषण गर्ने र प्रत्यक्षदर्शी एंव घटना देख्ने थाहा पाउने व्यक्तिको कागज समेतका आधारमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।

घटनाको छानबिन गर्न भन्दै पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरिएको थियो । आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय १३ चैतमा सरकारले गरेको थियो ।

लगत्तै १४ चैतको बिहानै भक्तपुरस्थित आफ्नै निवासबाट ओली, लेखक पक्राउ परेका थिए । २३ चैतको सर्वोच्च अदालतको आदेश अनुसार ओली, लेखक २६ चैतमा हाजिरी जमानीमा छुटेका थिए ।

उनीहरुलाई छाडिएको प्रति गृहमन्त्री सुधन गुरुङ समेत अदालतप्रति असुन्तष्टी देखिएका छन् । बिहीबार सुरक्षा तथा गृह प्रशासनबारे रिर्पोटिङ गर्ने पत्रकारसँग कुराकानी गर्दै मन्त्री गुरुङले भने, ‘रातभर दुस्ख गरेर समात्यो अहिले अदालतले छाड्यो । न्याय दिन मन्त्री होइन न्यायाधीश बन्नुपर्ने रहेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us