काठमाण्डू, ३ वैशाख– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले आफूहरूमाथि पनि छानबिन गर्ने बताएका छन ।
आयोगले अगाडिबाट सुरु गरेर छानविन गर्दै आउने उनले बताएका छन । आज पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले मन्त्रीहरूले सम्पत्ति विवरणसँगै स्रोत पनि खुलाएको बताएका छन । उनले भने, ‘सम्पत्ति बुझाउँदा नै स्रोत लेख्ने कोलम हुन्छ ।
नभए पनि हामीले छानबिन आयोग बनाएका छौँ । आयोगले अगाडिबाट सुरु गरेर छानबिन गर्दै जान्छ । हामी सबै छानबिनमा परिसक्यौँ । छानबिनको टीओआरमा परिसक्यौँ । मेरो त बैंक स्टेटमेन्ट नै सार्वजनिक छँदै छ । हामी छानबिनबाट बाहिर छैनौँ । अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो ।’