प्रधानमन्त्री शाहले गरे मुख्यमन्त्रीहरूसँग छलफल

काठमाण्डु टुडे २०८३ वैशाख ३ गते १७:१४ मा प्रकाशित

काठमाण्डू, ३ वैशाख– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज (बिहिबार) सात प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले मुख्यमन्त्रीहरूसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।

छलफलमा पाँच वटा प्रदेशका मुख्यमन्त्रीहरू सहभागी भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । कोशीका मुख्यमन्त्री हिक्मत कार्की मातृशोकमा रहेको र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि देशबाहिर रहेकाले छलफलमा सहभागी भएनन् । मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका मुख्यमन्त्री छलफलमा सहभागी भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us