सबै मन्त्रीले सम्पत्तिको श्रोत खुलाएको सरकारका प्रवक्ताको दाबी

काठमाण्डु टुडे २०८३ वैशाख २ गते २०:५५ मा प्रकाशित

काठमाण्डू, २ वैशाख- सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रीहरुको सम्पत्ति विवरणमा प्रश्न उठाइएकामा आपत्ति जनाएका छन् ।

बुधबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सबै मन्त्रीले सम्पत्तिको श्रोत खुलाएको दाबी गरे ।

अहिलेको सरकारका प्रधानमन्त्री र मन्त्रीले जसरी पारदर्शी विगतमा सम्पत्ति विवरण सार्वजनिक गर्ने नगरिएको उनको भनाइ थियो ।

प्रधानमन्त्री र मन्त्रीहरुले करौडौंको सम्पत्तिको श्रोत नखुलाएको भन्दै सञ्जालमा आलोचना भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us