समाचार

तत्काल राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई एमालेको आग्रह

२०८१ असार २३ गते १२:४६

काठमाण्डु, २३ असार– एमाले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । आज (आइतबार) नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको सो पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको...

एमाले प्रतिपक्षको सिटमा बस्यो

२०८१ असार २३ गते १२:३२

काठमाण्डु, २३ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभा बैठकमा एमाले प्रतिपक्षको सिटमा बसेको छ । गत असार १७ गतेदेखि नेपाली कांग्रेससँग सत्ता गठबन्धन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको एमाले आइतबार बसेको प्रतिनिधि सभा प्रतिपक्षी दलको बेन्चमा बसेको हो । यसअघि बसेको एमाले बैठकले सरकारलाई दिएको...

तनहुँमा पहिरोले पुरिएका तीनै जनाको शव फेला

२०८१ असार २३ गते १२:२२

काठमाण्डु, २३ असार– तनहुँमा पहिरोले पुरिएका तीन जनाको शवकै शव फेला परेको छ । शनिबार दिउँसो शुक्लागण्डकी नगरपालिका ७ काउरेमा पहिरोले घर पुरिँदा उनीहरू पनि पहिरोमा परेका थिए । मृत्यु हुनेमा घरधनी हिरा नेपाली सहित छिमेकीहरू अनिषा बास्तोला र श्याम भण्डारी रहेका छन ।...

एमाले संसदीय दलको बैठक जारी

२०८१ असार २३ गते ११:१०

काठमाण्डु, २३ असार– एमाले संसदीय दलको बैठक सुरु भएको छ । एमालेको संसदीय दलको बैठक संसद् भवन बानेश्वरमा जारी छ । बैठकमा नेपाली कांग्रेससँग हालै सत्ता साझेदारी गर्ने सम्बन्धमा भएको समझदारी र भावी योजनाबारे छलफल भइरहेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन ।...

सप्तकोसीमा पानीको बहाव उच्च

२०८१ असार २३ गते १०:४४

काठमाण्डु, २३ असार– शुक्रबारदेखि भएको अविरल बर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ । आज बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको सुनसरी प्रहरीले जानकारी दिएको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो...

दाङमा बाढीमा बेपत्ता भएका युवक मृतावस्थामा फेला

२०८१ असार २३ गते १०:३४

काठमाण्डु, २३ असार– दाङमा राप्ती नदीको बाढीमा परेर बेपत्ता भएका युवाको शव फेला परेको छ । जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादवको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी...

प्रतिनिधिसभा बैठक बस्दै

२०८१ असार २३ गते ९:४५

काठमाण्डु, २३ असार– आज आइतबार प्रतिनिधिसभा बैठक बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । बैठकमा प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा...

एमाले संसदीय दलको बैठक बस्दै

२०८१ असार २३ गते ९:४१

काठमाण्डु, २३ असार– एमालेको संसदीय दलको बैठक बस्दै छ । एमाले संसदीय दलको बैठक आज आइतबार बिहान १० बजे संसद् भवनमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन । कांग्रेस र नेकपा एमालेबिच हालै सत्ता साझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरूप भावी योजनाबारे...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

२०८१ असार २३ गते ९:३३

काठमाण्डु, २३ असार– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने एक नेताले जानकारी दिएका छन । पार्टीको बाँकी पदाधिकारी व्यवस्थापन गर्न कार्यविधि तथा मापदण्ड बनाएर कमिटीलाई पूर्णता दिने, पदाधिकारी...

पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला

२०८१ असार २३ गते ९:०९

काठमाण्डु, २३ असार– शुक्रबारदेखि अविरल रुपमा परेको बर्षाको कारण नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खुल्ला गरीएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका छन । गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका बन्द...

भोटेकोशीको ढलानमा पुरिएका मजदुरको शव फेला

२०८१ असार २२ गते १६:५५

काठमाण्डु, २२ असार– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको ढलान खसेर पुरिएका दुई मजदुरको शव भेटिएको छ । गए राति उद्धारकार्य थालिए पनि आज बिहान ४ बजे दुवै मजदुर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । आयोजनाको डिसेन्डर कभर स्ल्याबमा...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै बेरोजगार युवायुवतीसँग लाखौँ रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

२०८१ असार २२ गते १६:४४

काठमाण्डु, २२ असार– प्रहरीले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबमा वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ घर भएका ३३ वर्षीय जीवन कडरिया र रामेछाप घर भएका ४६ वर्षीय चुडाबहादुर खड्का रहेको प्रहरीले जानकारी दिएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us