प्रतिनिधिसभा बैठक बस्दै

काठमाण्डु टुडे २०८१ असार २३ गते ९:४५ मा प्रकाशित

काठमाण्डु, २३ असार– आज आइतबार प्रतिनिधिसभा बैठक बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको विनियोजन विधेयक, ०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् ।

त्यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचि रहेके छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us