एमाले संसदीय दलको बैठक बस्दै

काठमाण्डु टुडे २०८१ असार २३ गते ९:४१ मा प्रकाशित

काठमाण्डु, २३ असार– एमालेको संसदीय दलको बैठक बस्दै छ । एमाले संसदीय दलको बैठक आज आइतबार बिहान १० बजे संसद् भवनमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन ।

कांग्रेस र नेकपा एमालेबिच हालै सत्ता साझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरूप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको एमाले स्रोतले जानकारी दिएको छ ।

प्रतिनिधिसभा बैठक पनि आज बस्दै छ । सो बैठकमा पार्टीको आसन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वासको मतका सन्दर्भमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us