एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाण्डु टुडे २०८१ असार २३ गते ९:३३ मा प्रकाशित

काठमाण्डु, २३ असार– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने एक नेताले जानकारी दिएका छन ।

पार्टीको बाँकी पदाधिकारी व्यवस्थापन गर्न कार्यविधि तथा मापदण्ड बनाएर कमिटीलाई पूर्णता दिने, पदाधिकारी चयनलगायत विषयमा निर्णय गरिने सो पार्टीका नेता सोमप्रसाद पाण्डेले जानकारी दिएका छन । शनिबार बसेको बैठकले महाधिवेशनबाट पार्टीलाई थप ऊर्जा प्राप्त भएको निष्कर्ष निकालेको थियो ।

केही नेतालाई प्रदेश प्रमुखको जिम्मेवारी तोक्न खोज्दा विवाद भएपछि बैठक स्थगन गरिएको थियो । भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको क्षमताका आधारमा आवश्यक पदमा मनोनित गरिने विषयमा समेत आजको बैठकमा छलफल गरिने उनले जानकारी दिएका छन ।

शुक्रबार सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता, महासचिव सहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो । पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us