काठमाण्डु, २२ असार– मनोहरा खोलामा आएको बाढीले ललितपुरको च्यासलस्थित एमालेको मुख्यालय डुबानमा परेको छ । एमाले पार्टी केन्द्रीय कार्यालयसँगैको सडक मनोहरामा बाढी आएसँगै डुबानमा परेको हो । पानीको बहाब बढेकाले उक्त सडकमा सवारी आवागमन बन्द गरिएको छ । बाढी सडकमा पसेपछि सडक डुबानमा परेको...
काठमाण्डु, २२ असार– एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेले संसदीय दलको बैठक भोलि बिहान १० बजे संसद भवनस्थित ल्होत्से हलमा बस्ने गरी बोलाएको एक नेताले जानकारी दिएका छन । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुने ति नेताले जानकारी दिएका छन । साथै...
काठमाण्डु, २२ असार– जुम्लाको पातारासीमा कल्भर्ट भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन । मृत्यु हुनेमा पातारासी गाउँपालिका९१ का ५३ वर्षीय रन बुढा रहेको प्रहरीले जानकारी दिएको छ । पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठुलो खोलामा शुत्रबार बेलुका...
काठमाण्डु, २२ असार– अविरलको वर्षाको कारण लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका मौरीघाटमा रहेका प्रदेश सरकारका मन्त्रालयहरु डुबानमा परेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय डुबानमा परेको लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन ।...
काठमाण्डु, २२ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरक्षार्थ खटिएका सुरक्षा प्रमुख सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ । आज बिहान ५ बजे भक्तपुरको गुन्डुस्थित आफ्नै निवासमा सुतिरहेकै ठाउँमा हृदयघात भएपछि अस्पताल लगिएको थियो । भक्तपुर अस्पताल पुयाइएलगतै...
काठमाण्डु, २२ असार– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रेम आलेलाई केन्द्रीय कमिटीबाट हटाएको छ । हिजो शुक्रबार सार्वजनिक ९३ जना केन्द्रीय सदस्यको सूचीमा आलेको नाम समावेश भएको छैन । यसअघि आले पोलिटब्यूरो सदस्य रहेको थिए । तर पहिलेको पोलिटब्यूरो सदस्यहरूलाई राखेर बनाइएको केन्द्रीय...
काठमाण्डु, २२ असार– कांग्रेस संसदीय दलको बैठक आज शनिबार बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दिउँसो तीन बजे बस्ने कांग्रेस संसदीय दलले जानकारी दिएको छ । बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने कांग्रेसका एक नेता जानकारी दिएका छन ।...
काठमाण्डु, २२ असार– दाङको राप्ती नदीमा आएको बाढीमा फसेका मध्ये एक जना बेपत्ता भएका छन् भने दुई जनाको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । दाङको लमही नगरपालिका ७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ भने एक जना बेपत्ता...
भक्तपुर, २२ असार- भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ। भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ। राममन्दिर, बाराही स्थानका...
काठमाण्डु, २१ असार- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पनि सरकारबाट बाहिरिएको छ । सो पीर्टीका तर्फबाट सरकारको नेतृत्व गरेका स्वास्थ्यमन्त्री प्रदीप यादवले त्यससम्बन्धी पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल...
काठमाण्डु, २१ असार- सिके राउत नेतृत्वको जनमत पार्टी पनि काँग्रेस एमाले गठबन्धनमा सहभागी हुने भएको छ । श्रोतका अनुसार राउतको दलले एमाले अभ्यक्ष केपी ओली नेतृत्वमा गठन गर्ने भनिएको सरकारलाई समर्थन गर्नेछ । एमालेले जनमत नेता शतिशकुमार सिंह नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत दिने...
काठमाण्डु, २१ असार– बाँके प्रहरीले डाँका चोरी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गर्न गोली चलाएको छ । डडुवा–६ शिखनपुरूवामा फरार प्रतिवादी सरमान सिंह सरदारलाई नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिएका छन । घटना बिहीबार बिहान साढे ८ बजेतिरको...