काठमाण्डु, २२ असार– मनोहरा खोलामा आएको बाढीले ललितपुरको च्यासलस्थित एमालेको मुख्यालय डुबानमा परेको छ । एमाले पार्टी केन्द्रीय कार्यालयसँगैको सडक मनोहरामा बाढी आएसँगै डुबानमा परेको हो ।
पानीको बहाब बढेकाले उक्त सडकमा सवारी आवागमन बन्द गरिएको छ । बाढी सडकमा पसेपछि सडक डुबानमा परेको हो ।
शुक्रबार रातिदेखि परेको वर्षाले काठमाण्डु उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायतका खोला तथा नदीमा पानीको बहाव बढेकोछ ।
वर्षा अझै नरोकिएकाले पानीको बहाव बढ्दै गइरहेको छ । नेकपा एमाले पार्टी केन्द्रीय कार्यालयमा पनि डुबानमा पर्न लागेको छ । गत वर्ष मनोहराको बाढी पस्दा एमाले पार्टी केन्द्रीय कार्यालय डुबानमा परेको थियो ।