समाचार

५० लाख नगद र १६९ ग्राम सुनसहित ५ जना पक्राउ

२०८१ असार २१ गते १७:३९

काठमाण्डु, २१ असार– प्रहरीले ललितपुरको एक घरमा भारतीय नागरिकले भाडामा लिएको घर खानतलासी गर्दा ५० लाख नगद र झन्डै १७० ग्राम सुनसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तीन जना भारतीय र दुई जना नेपाली नागरिक रहेको प्रहरीले जानकारी दिएको छ ।...

सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा १० मजदुर घाइते

२०८१ असार २१ गते १७:२९

काठमाण्डु, २१ असार– सिन्धुपाल्चोकमा हाइड्रो पावरको ढलान भत्किँदा १० मजदुर घाइते भएका छन ।सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ मा रहेको इलेक्ट्रिक हाइड्रो पावरको ढलान भत्किँदा १० मजदुर घाइते भएको प्रहरीले जानकारी दिएको छ । अहिलेसम्म फसेका १० जनाको उद्धार गरिएको छ । बाँकी २ जना...

राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन: कांग्रेस नेता कोइराला

२०८१ असार २१ गते १७:१४

काठमाण्डु, २१ असार– कांग्रेस नेता डा.शशाङ्क कोइरालाले राजनीतिक स्थायित्वका लागि संसद्मा प्रतिनिधित्व गरेका दुई ठूला दल मिलेर सरकार बनाउने तयारी गरेको बताएका छन । आज शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले देशमा राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाउने बताएका छन । उनले...

नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुसी भइहाल्ने अवस्था छैन: कांग्रेस नेता कोइराला

२०८१ असार २१ गते १७:०४

काठमाण्डु, २१, असार– कांग्रेस नेता डा.शेखर कोइरालाले नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुसी हुनसक्ने अवस्था नरहेको जिकिर गरेका छन । आज शुक्रबार काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन । उनले नेकपा माओवाी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल...

अहिले एमालेभित्र भूकम्प गएको छ: नेता खनाल

२०८१ असार २१ गते १६:५४

काठमाण्डु, २१, असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेले दलाल पुँजीवादसँग अँगालेको आरोप लगाएका छन । आज शुक्रबार काठमाण्डुको प्रज्ञा भवनमा एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न समारोहमा बोल्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन । खनालले कांग्रेस...

एमालेले दलाल पुँजीवादसँग अँगालो मार्‍यो: नेता खनाल

२०८१ असार २१ गते १६:४९

काठमाण्डु, २१, असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेले दलाल पुँजीवादसँग अँगालेको आरोप लगाएका छन । आज शुक्रबार काठमाण्डुको प्रज्ञा भवनमा एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न समारोहमा बोल्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन । खनालले कांग्रेस...

एकीकृत समाजवादीमा ९३ केन्द्रीय सदस्य घोषणा

२०८१ असार २१ गते १६:३७

काठमाण्डु, २१, असार– पूर्व प्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । काठमाण्डुको प्रज्ञा भवनमा जारी दशौं राष्ट्रिय महाधिवेशनको अन्तिम दिन शुक्रबार अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले केन्द्रीय सदस्यहरूको नाम प्रस्ताव गरेका थिए । त्यसपछि हलमा उपस्थितहरूले...

सुनसरीका १० विद्यालयको एसईई प्राविधिकतर्फको नतिजा अझै आएन

२०८१ असार २१ गते १६:३०

काठमाण्डु, २१, असार– राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्राविधिक धारतर्फको केही विद्यालयको नतिजा अझै सार्वजनिक गर्न सकेको छैन । राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा १३ असारमा सार्वजनिक गरेको थियो । तर सुनसरी जिल्लाको १० वटा विद्यालयका २६६ जना विद्यार्थीको नतिजा आजसम्म पनि...

उलटपुलट राजनीतिमा हाम्रो माग भएको छ: माधव नेपाल

२०८१ असार २१ गते १६:१०

  काठमाण्डु, २१, असार– पूर्व प्रधमामन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालल पार्टीको महाधिवेशन जारी रहेकै बेला नेपालको राष्ट्रिय राजनीतिमा उलटफेर भएको भन्दै त्यो उलटफेरपछि आफ्नो पार्टीको माग भइरहेको दाबी गरेका छन । दसौँ राष्ट्रिय महाधिवेशन समापन समारोहलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले...

प्रधानमन्त्री प्रचण्डले २८ असारमा विश्वासको मत लिने

२०८१ असार २१ गते १५:४६

काठमाण्डु, २१, असार– नेकपा माओावदी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २८ असारमा प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएकमा छन । सत्ताको प्रमुख धटक एमालले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिगेसँगै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन । प्रचण्डले सङ्घीय...

भुटानी शरणार्थी प्रकरण : बेचन झाको मोबाइल फरेन्सिक ल्याब पठाइयो

२०८१ असार २१ गते १५:३२

काठमाण्डु, २१ असार–   नक्कली भुटानी शरणार्थी प्रकरणमा  पक्राउ परेका बेचन झाबाट बरामद भएका दुई थान मोबाइल जाँचका लागि डिजिटल फरेन्सिक ल्याब ९डीएफएल० मा पठाइएको छ । भारतबाट नेपाल प्रहरीको विशेष टोलीले  पक्राउ गरेका झाबाट बरामद भएका दुई थान मोबाइल जाँचका लागि डीएफएलमा पठाइएको जिल्ला...

एकीकृत समाजवादीद्वारा वामपन्थी एकताको आह्वान

२०८१ असार २१ गते १५:१८

काठमाण्डु, २१ असार– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी वामपन्थी एकता र सहाकार्यको लागी आह्वान गरेको छ । एकीकृत समाजवादीले आफ्नो १० औँ राष्ट्रिय हाधिवेशनले विभिन्न समसामयिक प्रस्तावहरू पारित गर्दै वामपन्थी एकता र सहकार्यका लागि आह्वान गरेको हो । एकीकृत समाजावदीका नेता गङ्गालाल तुलाधरले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us