काठमाण्डु, २१, असार– कांग्रेस नेता डा.शेखर कोइरालाले नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुसी हुनसक्ने अवस्था नरहेको जिकिर गरेका छन । आज शुक्रबार काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन ।
उनले नेकपा माओवाी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिसकेको अवस्थामा विश्वासको मत लिएर विश्वासको मत नपाउँदा संविधानको धारा ७६ को उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको पनि बताएका छन । उनले संविधानलाई सबैले मान्नुपर्ने समेत बताए ।
नेता काइरालाले नयाँ सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्नु पहिलो आवश्यकता रहेको बताए । उनले सधैँ अस्थिरतालाई बोकेर हिँड्नु भन्दा दुई ठुला दल मिलेर सरकार बनाउनु उचित रहेको बताए । नेता कोइरालाले गिरिजाप्रसाद कोइरालाले लिएका सङ्कल्पलाई ध्यानमा राखेर कांग्रेस अघि बढ्ने पनि बताएका छन ।