एकीकृत समाजवादीमा ९३ केन्द्रीय सदस्य घोषणा

काठमाण्डु टुडे २०८१ असार २१ गते १६:३७ मा प्रकाशित

काठमाण्डु, २१, असार– पूर्व प्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । काठमाण्डुको प्रज्ञा भवनमा जारी दशौं राष्ट्रिय महाधिवेशनको अन्तिम दिन शुक्रबार अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले केन्द्रीय सदस्यहरूको नाम प्रस्ताव गरेका थिए । त्यसपछि हलमा उपस्थितहरूले विरोध गरे । खनालले दिउँसो ३ बजेसम्म प्रज्ञा भवन छाड्नुपर्ने बाध्यता रहेको सुनाए ।

मतदान गर्ने हो भने अर्को ठाउँ खोज्नुपर्ने र कति समय लाग्ने हो भन्न नसकिने पनि सुनाएका थिए त्यसपछि महाधिवेशन हलले उनको प्रस्ताव पास गरेको छ । तत्काललाई पहिलेका पोलिटब्यूरो सदस्यलाई केन्द्रीय कमिटीमा राखिएको छ । बाँकी केन्द्रीय सदस्य यो कमिटीले चयन गर्ने अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us