काठमाण्डु, २२ असार– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रेम आलेलाई केन्द्रीय कमिटीबाट हटाएको छ । हिजो शुक्रबार सार्वजनिक ९३ जना केन्द्रीय सदस्यको सूचीमा आलेको नाम समावेश भएको छैन ।
यसअघि आले पोलिटब्यूरो सदस्य रहेको थिए । तर पहिलेको पोलिटब्यूरो सदस्यहरूलाई राखेर बनाइएको केन्द्रीय कमिटीमा आलेको नाम राखिएको छैन ।
पार्टी प्रवक्ता एवं उपमहासचिव जगनाथ खतिवडाका अनुसार, केन्द्रीय सदस्यबाट आलेलाई हटाइएकाले सूचीमा उनको नाम समावेश गरिएको छ ।
आले डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । एमाले विभाजन भएर २०७८ मा एकीकृत समाजवादी बन्दा उनले माधवकुमार नेपालाई साथ दिएका थिए । तर पछिल्लो ८ महिनादेखि आफू पार्टी कामबाट निष्क्रिय बनेको आलेले बताए ।