काठमाण्डु, २२ असार– जुम्लाको पातारासीमा कल्भर्ट भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन ।
मृत्यु हुनेमा पातारासी गाउँपालिका९१ का ५३ वर्षीय रन बुढा रहेको प्रहरीले जानकारी दिएको छ । पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठुलो खोलामा शुत्रबार बेलुका पुरानो कल्भर्ट भत्काउने क्रममा च्यापिएर बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी छेदिलाल कामतीले जानकारी दिएका छन ।
त्यस्तै घाइते हुनेमा पातारासी गाउँपालिका–१ का ४१ वर्षीय कर्ण ऐडी, १८ वर्षीय सुरेश बुढा र १६ वर्षीय धन ऐडी रहेको डिएसपी कामतीले जानकारी दिएका छन ।
घाइते तीन जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । उनीहरू अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।